सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सातौं खिचरा महोत्सव पुस २७ बाट, थारु कला संस्कृति जगेर्ना मुख्य लक्ष्य


  •    न्युजभित्तो/२३ पुष २०७६, बुधबार १५:११ 
  • खैरहनी (चितवन । सातौं खिचरा महोत्सव २०७६ यही पुस २७ गतेबाट हुने भएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान” भन्ने मूल नाराका साथ खैरहनी नगरपालिका वडा नं. ५ गौचरन मा महोत्सव हुन लागेको हो ।

    महोत्सव मूल आयोजक समितिले बुधबार खैरहनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थारु जातिको कला, संस्कृति संरक्षण गर्नु नै महोत्सवको मुख्य उद्देश्य रहेको प्रष्ट्याईएको थियो ।

    पत्रकार सम्मेलनमा महोत्सवका संयोजक चुडामणि चौधरीले यस वर्षको महोत्सव विगतकोभन्दा परिस्कृत हुने जानकारी दिनुभयो । थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रबद्र्धन गर्न महोत्सव महत्वपूर्ण ब्राण्ड बनेको उहाँले बताउनुभयो ।

    महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रबद्र्धन, स्थानीय कला, संस्कृतिको प्रबद्र्धन, स्थानीयस्तरमा उत्पादित वस्तुको प्रबद्र्धन गराउन १५० भन्दा बढी स्टर रहने जनाईएको छ । महोत्सव स्थलमा जारु जातिका साथसाथै विभिन्न जातिका खानाका परिकार रहने छन् । यस्तै शैक्षिक, वित्तिय संस्था, विभिन्न संघ संस्थाहरुका समेत स्टल रहने छन् ।

    थारु समुदाययको ब्रम्हस्थान, परेवाको घर, परम्परागत सामग्रीहरु सहितको थारु मिनी गाउँ महोत्सव परिसरमा रहने छ । थारुको मुख्य परिकार घोङी र पोकाको विशाल मूर्ति महोत्सवस्थलमा रहने चौधरीले जानकारी दिनुभयो ।

    सो अवसरमा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य राजेन्द्र चौधरीले थारु समुदायको कला–संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै माघी मेलालाई महोत्सवको रुपमा मनाईदै आएको बताउनुभयो ।

    थारु कल्याणकारी सभा चितवनका जिल्ला अध्यक्ष ललित चौधरीले महोत्सव थारु समुदायको मात्रै नभई समग्र चितवनवासीको भएको बताउँनुभयो । उहाँले सबै मिलेर राष्ट्रको अमूल्य सम्पदा थारु संस्कृतिलाई जोगाउनु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा महोत्सव अतिथि सत्कार समितिका संयोजक चन्द्रकुमारी चौधरीले स्वागत गर्दै सबै मिलेर महोत्सव सफल बनाउनु पर्ने बताउनुभयो ।

    सो अवसरमा थारु अगुवा वासु चौधरीले थारु समुदायले परम्परागत रुपमा प्रयोग गर्दै आएका घोगी र अनादीको धान विस्तारै हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

    थारु कल्याणकारी सभा क्षेत्र नं. ७ खैरहनी चितवनले आयोजना गर्ने महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा बाल उद्यानका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने छ ।

    यसैबीच थारु संस्कृति र परम्परा हराउँदै गएकोप्रति अगुवाहरुले चिन्ता व्यक्त गर्नुभएको छ । थारु अगुवा वासु चौधरीले धान खेतमा पाईने घोङी विस्तारै लोप हुँदै गएको बताउनुभयो । न्युजभित्तोसँग कुराकानी गर्दै उहाँले घोङी र अनादीको धानको अब व्यवसायिक रुपमा खेती गर्नुपर्ने बताउनुभयो । कतिपय विदेशी राष्ट्रहरुमा व्यवसायिक रुपमा यसको खेती हुँदै आएको बताउँदै उहाँले भन्नुभयो “घोङी अब पोखरीमा उत्पादन गर्नुपर्छ ।” अनादीको धानको व्यवसायिक रुपमा उत्पादन गरी नेपालको परम्परागत बीऊ जगेर्ना गर्नुपर्ने उहाँले न्यूजभित्तोलाई बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.