अन्तर्राष्ट्रिय

चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू

बेइजिङ (रासस/सिन्ह्वा) । चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । घोषणाअनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप...

अमेरिकी नेतृत्वको हवाई आक्रमणमा सिरिया र इराकमा तेह्र सय नागरिक मारिएको सार्वजनिक

बेरुत, १७ जेठ (रासस/एएफपी) / अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुलाई लक्षित गरेको हवाई आक्रमणका क्रममा अहिलेसम्म एक हजार ३०० आमनागरिक मारिएका छन् । गठबन्धनले शुक्रबार दिएको जानकारी अनुसार गत सन् २०१४ देखि अहिलेसम्म इराक...

पेरूमा ८ म्याग्निच्यूडको भूकम्प

लिमा (रासस/एएफपी) : पेरूको उत्तरी क्षेत्रमा आइतबार बिहानै ८.० म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । भूकम्पका कारण घरभित्र बसीरहेका स्थानीयबीच केही समय भागदौड मच्चिएको थियो भने भूकम्पपछि उक्त क्षेत्रमा विद्युत् सेवा अवरूद्ध भएको छ...

आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

जेनेभा । भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गर्नुभएको हो । पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य...

बेलायतकी प्रधानमन्त्री मेले किन राजिनामा दिन लागिन् ?

       लण्डन (रासस/एएफपी) । बेलायतकी प्रधानमन्त्री टरिजा मेले शुक्रबार भावुक मुद्रामा एक सम्बोधन गर्दै नेतृत्वबाट हट्न लागेको घोषणा गर्नुभएको छ ।        उहाँले यूरोपेली संघ (इयू) बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन असफल भएपछि दलको...

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ । सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुँदै भाजपा एक्लैले ३०३ सिट ल्याएको...

भारतमा सातौँ चरणको मतदान सम्पन्न, ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली (रासस/एएन्आई) । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेकोे आँकलन निर्वाचन आयोगले साँझ आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । आइतबार चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएका थिए । एक महिनाभन्दा बढी समय...

अफगानिस्तानमा पाँच सुरक्षाकर्मी र ४० लडाकू मारिए

काबुल (रासस/सिन्ह्वा) । अफगानिस्तानमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा पाँच सुरक्षाकर्मी र ४० तालिबान लडाकू मारिएका छन् । अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार गत २४ घण्टाको अवधिमा भएका सुरक्षा कारबाहीमा उनीहरू मारिएका हुन् । मारिएका सुरक्षाकर्मीहरूमध्ये तीन जना अफगानी सैनिक...

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

हङकङ (रासस/एएफपी) । पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले जनाएको छ । भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ । भूकम्पको...

त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसङ्घको आग्रह

राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) / संयुक्त राष्ट्रसङ्घले घाइते र बिरामीको उद्धारका लागि लिबियाको राजधानी त्रिपोलीमा जारी सशस्त्र सङ्घर्ष तत्काल रोक्न युद्धरत पक्षहरुलाई आग्रह गरेको छ । राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ता फरहान हकले जारी लडाइँका कारण मानवीय सङ्कट चरम अवस्थामा पुग्न लागेको भन्दै...