सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै


  •    न्युजभित्तो/३१ श्रावण २०८३, आईतवार १५:१० 
  • बागमती, ३१ साउन । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका(१८ स्थित गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ । पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको गोरक्षतालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज साइक्लिङ आयोजना गरेको हो ।

    साइक्लिङका माध्यमबाट हेटौँडासहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्द्धन गरिरहेको सोसाइटीले गोरक्षतालको प्रचारप्रसार गर्र्ने उद्देश्यले आज साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजुु थापामगरले जानकारी दिनुभयो । हेटौँडा बजारबाट चतरा जाने मुख्य सडक हुँदै करिब २० किलोमिटर पूर्वमा यो ताल अवस्थित छ ।

    सुरुमा यहाँ सानो खोल्सोबाट पानी बग्ने गरेकामा २०६० सालमा स्थानीयवासीको पहल तथा जिल्ला विकास समितिको सहयोगमा हरना फाँटमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले बाँध निर्माण गरी पानी जम्मा गरिएपछि यो ताल निर्माण भएको हो । विसं २०७० मा यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ गोरक्षताल संरक्षण समिति गठन गर्दै यहाँको पर्यटकीय विकासको पहल थालिएको थियो ।

    तालको परिसरमा फूलहरूको सुगन्ध, चराचुरुङ्गीको चिरविराहट तथा शान्त प्राकृतिक वातावरणको आनन्द यहाँका विशिष्टता हुुुन् । तालको प्रचारप्रसारसहित पर्यटन प्रवर्द्धनको उद्देश्यसहित सोसाइटीले आज यस क्षेत्रको प्रवर्द्धनात्मक भ्रमण गरेको अध्यक्ष थापामगरले जानकारी दिनुुभयो । साइक्लिङका माध्यमबाट हेटौँडामा पाँच वर्षयता औपचारिक रूपमा सङ्गठित भइरहेको सोसाइटीले स्वास्थ्य, पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड दिँदै आएको उहाँले बताउनुुभयो ।

    संस्थाले यसबीचमा हेटौँडा उपमहानगरपालिका(१७ हटिया जुरेथुमस्थित एसियाकै अग्लो मानिने ४२ फिट अग्लो कृष्णमूर्ति, ऐतिहासिक मकवानपुर गढी, गोरखा दरबार, रसुुवागढी, केरुङ, ठोरी, गढीमाई मन्दिर, धरानको चतराधाम, चितवनको सोमेश्वरगढीलगायत धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.