सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता


  •    न्युजभित्तो/१ भाद्र २०८३, सोमबार १५:३५ 
  • काठमाडौँ, १ भदौ । युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।

    वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुङ्ग्याउन सरकार र व्यवसायी दुवै पक्षले अधिकतम प्रयत्न गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगन भएको हो । गत साउन २२ गते १५ बुँदे माग राखीसुरु गरेको आन्दोलन अन्तर्गत सङ्घले आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको थियो ।

    युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको उपस्थितिमा सरकार र व्यवसायीबीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगन भएको सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले जानकारी दिनुभयो । अध्यक्ष खत्रीका अनुसार व्यवसायीका माग सम्बोधन गर्न केही समय लाग्ने भएकाले हालका लागि आन्दोलन स्थगन गरिएको हो । छलफलका क्रममा सङ्घले राखेका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत सम्बोधनका विषय भएकाले त्यसलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिने उहाँले बताउनुभयो । अध्यक्ष खत्रीले भन्नुभयो, “सङ्घकातर्फबाट प्रस्तत माग यथावत छन् । तर, कतिपय विषय ऐन संशोधनमा समेटिएकाले केही समय आन्दोलन स्थगन गर्ने निर्णय गरेको छौँ ।”

    यस्तै, व्यवसायीका अन्य मागका सन्दर्भमा आवश्यक प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा अनुरोध भएको खण्डमा विभागले सहजीकरण गर्ने तथा त्यहाबाट समस्या नसुल्झिए मन्त्रालयमा मार्फत सम्बोधन हुने जानकारी दिइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.