चुरु (भारत), (रासस/एएफपी) । भारतको सुख्खा क्षेत्रमा पर्ने शहरको तापक्रम ५० डिग्री सेल्सीयस पुगेको छ । पछिल्लो तीन दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राजस्थान प्रदेशमा पर्ने चुरुको तापक्रम ५० दशमलव ३ डिग्री सेल्सीयस पुगेको समाचारमा जनाइएको छ ।
यसअघि गत शनिबार ५०.६ डिग्री सेल्सीयस पुगेको थियो । यो देशकै सबैभन्दा उच्च तापक्रमको नजिक पुगेको हो । भारतमा सन् २०१६ को मे महिनामा सर्वाधिक तापक्रम ५१ डिग्री सेल्सीयस मापन गरिएको अधिकारीहरूले जनाएका छन् । त्यतिबेला सर्वाधिक तापक्रम राजस्थानको फलोडी शहरमा मापन गरिएको थियो ।
अत्यधिक तापक्रमका कारण गत आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ । अरूको पनि मृत्यु भएको दाबी गरिएको छ । भारतीय मौसम विभागले राजस्थान र मध्य प्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार हुने जनाएको छ । नजिकैको प्रदेशहरू नयाँ दिल्ली र उत्तर प्रदेशमा समेत उच्च तापक्रमको प्रभाव पर्ने देखिएको अधिकारीहरूको भनाइ छ । नयाँ दिल्लीमा सोमबार झण्डै ४० डिग्री तापक्रम महसुस गरिएको छ ।