सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डेङ्गुका कारण २८ को मृत्यु, १८ हजार बिरामी


  •    /२३ जेष्ठ २०७६, बिहीबार २२:३२ 
  • कोलम्बो, (रासस/सिन्ह्वा) । श्रीलङ्कामा यस बर्षको पहिलो पाँच महिनामा डेङ्गुका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

    रोग नियन्त्रण तथा रोकथाम एकाईले बिहीबार दिएको जानकारी अनुसार यही अवधिमा डेङ्गुकै कारण अरू १८ हजार बिरामी भएका छन् ।

    गत मे ३१ तारिखसम्म प्राप्त विवरण अनुसार बिरामी हुनेमा १८ हजार ७६० जना रहेका छन् । बिरामीमध्ये सबैभन्दा धेरै कोलम्बो जिल्लामा रहेका छन् । कोलम्बोमा मात्रै चार हजार ६६ जना बिरामी भएका छन् ।

    कोलम्बोपछि दोस्रो धेरै बिरामी गाम्फाहमा भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार गाम्फाहमा दुई हजार ४८० बिरामी भएको अधिकारीहरूले जनाएका छन् ।

    तेस्रो धेरै बिरामी भएका जाफ्नामा भने एक हजार ८८७ जना बिरामी भएको रोग नियन्त्रण तथा रोकथाम एकाईको तथ्याङ्कमा उल्लेख छ ।

    चिकित्सकहरूले उच्च ज्वरो, अनियन्त्रित बान्ता, असह्य पीडा, कमजोरी महसुस हुने लगायतका लक्षण देखिए तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न वा चिकित्सकहरूको सल्लाह लिन आग्रह गरेका छन् ।

    “ज्वरोसम्बन्धी सवै बिरामीलाई आरामको आवश्यकता पर्दछ, विद्यालय तथा कार्यालय लगायतका भीडभाड भएका ठाउँमा जानुहँुदैन,” एक चिकित्सकले भने ।

    श्रीलङ्कामा डेङ्गुकै कारण गत वर्ष ५० जनाको मृत्यु भएको थियो भने ४८ हजार बिरामी भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
    आगलागीपीडित थापामगर परिवारलाई आवास र राहत
    राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
    • ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
    • चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान
    • प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग
    • प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.