सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी पक्राउ


  •    /२७ जेष्ठ २०७६, सोमबार २२:३५ 
  • इस्लामाबाद, (रासस/एएफपी) । पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    उच्च ओहदाको व्यक्तिको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

    जर्दारीले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । हत्या गरिएका पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए ।

    उनलाई पक्राउ गर्ने बेलामा प्रहरी र उनका समर्थकहरूबीचमा केहीबेर सामान्य झडपसमेत भएको थियो । जर्दारी पाकिस्तान पिपल्स पार्टीका नेता हुन् ।

    पटकपटक विवादित बन्दै आएका जर्दारीलाई यसअघि भ्रष्टाचारसम्बन्धी मुद्दाकै विषयमा ११ वर्षको जेल सजाय सुनाइएको थियो ।

    पाकिस्तानका अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको अभियोगमै सातवर्षे जेल सजाय भोगिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा
    एमाले बागमती प्रदेश कमिटीद्वारा सक्रिय रूपमा उद्धार र राहतमा खटिन निर्देशन
    भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
    • रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार
    • त्रिशुली र नारायणी नदी किनारमा उच्च सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह
    • छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँः प्रधानन्यायाधीश राउत
    • आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.