सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी पक्राउ


  •    /२७ जेष्ठ २०७६, सोमबार २२:३५ 
  • इस्लामाबाद, (रासस/एएफपी) । पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    उच्च ओहदाको व्यक्तिको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

    जर्दारीले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । हत्या गरिएका पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए ।

    उनलाई पक्राउ गर्ने बेलामा प्रहरी र उनका समर्थकहरूबीचमा केहीबेर सामान्य झडपसमेत भएको थियो । जर्दारी पाकिस्तान पिपल्स पार्टीका नेता हुन् ।

    पटकपटक विवादित बन्दै आएका जर्दारीलाई यसअघि भ्रष्टाचारसम्बन्धी मुद्दाकै विषयमा ११ वर्षको जेल सजाय सुनाइएको थियो ।

    पाकिस्तानका अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको अभियोगमै सातवर्षे जेल सजाय भोगिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.