सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम


  •    न्युजभित्तो/१ भाद्र २०८३, सोमबार १३:३० 
  • चितवन, १ भदौ । मधेस, बागमती र गण्डकी प्रदेशका ५४ विद्यालयका २३४ जना स्काउट विद्यार्थीलाई नेतृत्व विकाससम्बन्धी तालिम सम्पन्न गरिएको छ । चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा तीनदिने ‘ट्रुप लिडर ट्रेनिङ क्याम्प’ तथा नेतृत्व विकास तालिम सम्पन्न गरिएको हो ।

    तालिम संयोजक आकाश न्यौपानेका अनुसार विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारी बहन गर्ने क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा स्काउट विद्यार्थीलाई नेतृत्व, टोली व्यवस्थापन तथा सामाजिक जिम्मेवारी लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

    पूर्वस्काउट आयुक्त इन्दु सुवेदीले ‘चेन अफ कमान्ड’मा रहेर काम गर्ने स्काउट प्रणालीले विद्यार्थीलाई अनुशासन र जिम्मेवारी बहन गर्न सिकाउने बताउनुभयो । उहाँले असल विद्यार्थी नै असल स्काउट बन्न सक्ने जनाउँदै स्काउटले विद्यार्थीलाई समाज सेवामा प्रेरित गर्न स्काउट महत्वपूर्ण थलो रहेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.