अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प, सुनामीको चेतावनी

जाकार्ता, (रासस/सिन्ह्वा) । इन्डोनेसियामा शुक्रबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका साढे सात बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले भूकम्पपछि सुनामी समेत आउने चेतावनी दिएका...

बसले बेवारिसे बमलाई ठक्कर दिँदा ३४ जनाको ज्यान गयो

अफगानिस्तान, (रासस/सिन्ह्वा) । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीमा चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ । शु्रुमा प्राप्त समाचारमा उक्त घटनामा...

अफगानिस्तानमा छ महीनामा तेह्र सय बढी सर्वसाधारण मारिए

काबुल, (रासस /सिन्ह्वा) । अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को शुरुको ६ महीनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ । साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसङघीय मिसनले मङ्गलबार जानकारी दिएको छ ।...

ब्राजिलको कारागारमा हिंसात्मक झडप रोकिएन, एकै दिन ५७ जना मारिए

रियो डि जेनेरो, (रासस) सिन्हवा) । ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी मारिने व्यक्तिको सङ्ख्या ५७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको...

टर्कीमा रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडानको योजना, अमेरिकालाई भयो टाउको दुखाई

अङ्कारा, (रासस/एएफपी) । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले रुसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली अर्को वर्ष सन् २०२०को अप्रिलदेखि जडान गरिने बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाले रुसी हतियार खरिदप्रति विमती राख्दै अमेरिकाले टर्कीलाई अध्याधुनिक अमेरिकी लडाकू विमान एफ–३५ बिक्री नगर्ने...

ट्युनिसियाली राष्ट्रपति एसेब्सीको निधन, सभामुख अन्तरिम राष्ट्रपति चयन

ट्युनिस, (रासस/एएफपी) । उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीको उपचारका क्रममा बिहीबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बयानब्बे वर्षीय एसेब्सी प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो ट्युनिसियाली राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ हाल सत्तामा रहेका बेलायतकी महारानीपछि सबैभन्दा पाका...

प्रधानमन्त्री खानको खुलासा : पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए

वासिङ्टन, (रासस(एएफपी) । अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताउनुभएको छ । पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे...

‘चिनियाँहरू नुहाउने बेलामासमेत मोबाइल फोनबाट सेवा लिन्छन्’

तिआनजिन, (रासस/सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेको एक अध्ययनले देखाएको छ । छालाको स्याहारका लागि विभिन्न सामान उत्पादन गर्ने एक कम्पनीद्वारा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार मोबाइलको...

बालबालिकाको खानामा चिनीको मात्रा धेरै : डब्लूएचओ

कोपेनहेगेन, (रासस/एएफपी) । बालबालिकाका लागि व्यवसायीकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । खाद्य पदार्थमा समावेश गरिएका चिजहरूको सूची पनि अलमल पार्ने खालको रहेको पनि डब्लूएचओको प्रतिवेदनमा उल्लेख छ...

मुनद्वारा न्यूनतम पारिश्रमिक बढाउने बाचा पूरा गर्न नसकेकोमा क्षमायाचना

सिओल, (रासस/योन्हाप) । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले आफ्नो कार्यकाल भरीमा आफ्नो देशमा न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पु¥याउने प्रतिबद्धतालाई पूरा गर्न नसकेको भनी आइतबार सार्वजनिकरूपमा क्षमायाचना गर्नुभएको छ । राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना...