अन्तर्राष्ट्रिय
जाकार्ता : इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ । यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन् । यस बाढी...
बेइजिङ : चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले चीनको सो महत्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अरु नेताहरुलाई...
लन्डन । ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यो विगत छ महिनाकै उच्च हो । संयुक्तराज्य अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धलाई थप कडाई गरेसँगै तेलको मूल्यमा बृद्धि भएको हो । जुन...
नुर–सुल्तान । कजाकिस्तानको राजधानी नुर–सुल्तानमा सिरियामा जारी द्वन्द्वको उपयुक्त समाधानको उपाय पहिल्याउने उद्देश्यले छलफल गर्न इरान, रुस र टर्कीका प्रतिनिधिहरु भेला भएका छन् । तीन ओटा शक्ति राष्ट्र र सिरिया सरकारका प्रतिनिधिहरु पनि नुर–सुल्तान आइपुगेका कजाकिस्तानका विदेश मन्त्रीले पुष्टि गर्नु...
किभ युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी हुनुभएको छ । उहाँले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो । राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गर्नुभएको...
श्रीलङ्का बीबीसी श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा दुई सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । श्रीलङ्का प्रहरीका प्रवक्ताका अनुसार अहिलेसम्म २०७ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा...
(बीबीसी) श्रीलङ्का । श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा दर्जनौँ मानिसहरू हताहत भएको विवरण प्राप्त भएको छ । आइतबार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए । बीबीसी सिंहला सेवाले कोलम्बोबाट प्राप्त जानकारीका आधारमा...
कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवम् गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या ५२ जना पुगेको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च...
नयाँ दिल्ली भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि उहाँकै एक जना पूर्व सहयोगी (जुनियर असिस्टेन्ट) ले यौन उत्पीडन गरेको आरोप लगाएकी छिन् । प्रधान न्यायाधीश गगोइले आफूविरूद्ध अदालतका पूर्व कर्मचारीले लगाएको आरोप ‘अविश्वशनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाई गर्न...
बेरुत इस्लामिक स्टेट (आइएस)सँग आवद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन् । सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ । बेलायतस्थित सिरियाली मानव...















