सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकी नेतृत्वको हवाई आक्रमणमा सिरिया र इराकमा तेह्र सय नागरिक मारिएको सार्वजनिक


  •    /१८ जेष्ठ २०७६, शनिबार ००:२१ 
  • बेरुत, १७ जेठ (रासस/एएफपी) / अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुलाई लक्षित गरेको हवाई आक्रमणका क्रममा अहिलेसम्म एक हजार ३०० आमनागरिक मारिएका छन् ।

    गठबन्धनले शुक्रबार दिएको जानकारी अनुसार गत सन् २०१४ देखि अहिलेसम्म इराक र सिरियामा आइएस लडाकूविरुद्ध भएको लडाईका क्रममा उनीहरु मारिएका हुन् ।

    “सन् २०१४ को अगस्टदेखि सन् २०१९ को अप्रिलसम्म गठबन्धनले ३४ हजार ५०२ ओटा आक्रमण गरेको छ,” गठबन्धनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    त्यस अवधिमा भूलबस एक हजार ३०२ जना आम नागरिक गठबन्धनको तर्फबाट मारिएको गठबन्धनले स्पष्ट पारेको छ ।

    सिरिया युद्धको एउटा भाइरल तस्बिर : हवाई आक्रमण हुँदा बहिनीलाई जोगाउँदै बालक

    तर एउटा गैरसरकारी संस्थाले भने आफ्नो अनुगमनले अमेरिकी गठबन्धन सेनाद्वारा मारिनेको सङ्ख्या त्यो भन्दा धेरै भएको दावी गरेको छ । गठबन्धनको हवाई आक्रमणमा परी संसार भरी गरेर ७ हजार ९०० भन्दा बढी आम नागरिक मारिएको सो संस्थाले जनाएको छ ।

    बेलायतमा कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले आफ्नो अनुगमनबाट सिरियामा मात्रै तीन हजार ८०० आम नागरिक गठबन्धनको आक्रमणमा परी मृत्यु भएको दावी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.