विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
न्युजभित्तो/१ भाद्र २०८३, सोमबार १३:२४
नारायणगढ , १ भदौ । चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ ।
विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण गराउनुपर्ने निर्णय समेत भएको छ । चालक तथा सहचालकलाई समय–समयमा अनुशिक्षण प्रदान गर्ने र मादक पदार्थ सेवन ९मापसे० नियन्त्रणका उपाय सबै विद्यालयले अवलम्बन गर्नुपर्ने निर्णयसमेत भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधनको व्यवस्थापन, नियमन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वय बैठकले सो निर्णय गरेको हो ।
बैठकले जिल्लाभित्र सञ्चालन हुने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी बोक्ने सबै सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने निर्णय गरेको छ । सवारी दुर्घटनाका क्षेत्रमा भएका अध्ययन–अनुसन्धानले तीव्र गतिलाई दुर्घटनाको प्रमुख कारणका रूपमा औँल्याएको तथ्यलाई मध्यनजर गर्दै गति सीमा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
उहाँका अनुसार सबै विद्यालयका सवारीसाधनमा १५ दिनभित्र गति नियन्त्रण गर्ने उपयुक्त प्रविधि जडान गर्नुपर्नेछ । उक्त प्रविधि जडान भए–नभएको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले गर्नेछन् । गति नियन्त्रण प्रविधि जडान नगरेका सवारीसाधन सञ्चालनमा रोक लगाइने उहाँले बताउनुभयो ।
त्यस्तै, दोस्रो चरणमा प्रत्येक विद्यालयले सवारी चालकलाई सवारीसाधनको जिम्मेवारी दिनुअघि हरेक दिन मापसे जाँच गर्ने र त्यसको अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्ने निर्णय गरिएको छ । सोको विवरण यथाशीघ्र जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्नेछ ।
बैठकले विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण, चालक तथा सहचालकको अनुशिक्षण र मापसे नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ ।
बैठकमा जिल्लास्थित सुरक्षा प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख, संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधि, शिक्षक, प्राविधिक कम्पनीका प्रतिनिधि, विभिन्न विद्यालयका चालक तथा शिक्षासँग सम्बन्धित सरोकारवालाको सहभागिता थियो । रासस