सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक


  •    /१२ जेष्ठ २०७६, आईतवार १२:४९ 
  • जेनेभा ।

    भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गर्नुभएको हो ।

    पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य बालकृष्णले योग र आयुर्वेदलाई विश्वस्तरमा मूलप्रवाही गर्न योगदान गर्नेहरुप्रति आफूले पुरस्कार समर्पित गर्न चाहेको उल्लेख गर्नुभएको छ ।

    जेनेभामा संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (युएनएसडीजी) सम्बन्धी कार्यक्रमका पाँच प्रमुख वक्ताहरुमा र्यान्डी उस्ट्रा, युनिसेफका कार्यकारी निर्देशक हेनरिटा एच फोर, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेसुस, आबे ली र आचार्य बालकृष्ण हुनुहुन्छ ।

    योगगुरु रामदेबले उक्त सम्मानबाट पतन्जलीको अभियान निकै महत्वपूर्ण रहेको छ भन्ने देखिएको बताउनुभएको छ । भारतको हरिद्वारमा आयोजित एक कार्यक्रममा रामदेवले भन्नुभयो, “आचार्य बालकृष्णलाई भारतको प्रतिनिधित्व गर्न आमन्त्रण गरिएको थियो । विश्व स्वास्थको पछिल्लो परिदृश्यमा जीवनशैलीसँग जोडिएका रोगहरुलाई कसरी योग, आयुर्वेद र परम्परागत भारतीय विधिका माध्यमबाट उपचार गर्न सकिन्छ भन्नेमा पतन्जलीले महत्वपूर्ण योगदान गरेको छ ।”

    पतन्जलीले आयुर्वेद औषधि र व्यक्तिगत स्वास्थ्यसँग सम्बन्धित औषधिहरु उत्पादन गरिरहेको छ । रामदेवले बालकृष्णसँग मिलेर पतन्जली आयुर्वेद कम्पनी खोल्नुभएको थियो । रासस-एएनआई

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.