सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाट बाघ पर्सा पठाइयो


  •    न्युजभित्तो/१ भाद्र २०८३, सोमबार १७:०३ 
  • चितवन, १ भदौ । चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ ।

    यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको हो निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । शुक्रबार राप्ती नगरपालिका–१ मा देखिएको अन्दाजी चार वर्षको भाले बाघलाई आइतबार बिहान डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । उहाँका अनुसार अहिले निकुञ्जले समस्या ग्रस्त बाघहरु नियन्त्रणमा लिएर खोरमा राख्ने गरेको छ । हाल निकुञ्जका खोरमा सात वटा बाघ रहेका छन् ।

    निकुञ्जमा समस्या ग्रस्त बाघलाई राख्नका लागि खोरको अभावले पर्सा पठाउनु परेको हो । अहिले निकुञ्जको मुख्यालय कसरामा तीन वटा, देवनगरमा दुई वटा र सौराहामा दुई वटा बाघ रहेका छन् । निकुञ्जका खोरमा रहेका बाघमा पाँच वटा भाले र दुई वटा पोथी रहेका छन् ।

    निकुञ्जमा खोरको अभावले समस्या ग्रस्त वाघ व्यवस्थापनमा चुनौती थपिएको उहाँले बताउनुभयो । निकुञ्जको खोरमा रहेका बाघमध्ये एउटा बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रबाट समस्या ग्रस्त भएपछि नियन्त्रणमा लिइएको थियो । पछिल्लो गणनाअनुसार यस निकुञ्जमा १४५ वटा बाघ रहेका छन् । यो निकुञ्ज सबैभन्दा धेरै बाघ भएको निकुञ्ज हो ।

    निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएमा ठाउँको अभाव हुने उहाँले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जभित्रका खोरमा बाघ थपिँदा आहारा पुर्याउनसमेत कठिन बन्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.