सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्युनिसियाली राष्ट्रपति एसेब्सीको निधन, सभामुख अन्तरिम राष्ट्रपति चयन


  •    /९ श्रावण २०७६, बिहीबार २३:०७ 
  • ट्युनिस, (रासस/एएफपी) । उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीको उपचारका क्रममा बिहीबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    बयानब्बे वर्षीय एसेब्सी प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो ट्युनिसियाली राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ हाल सत्तामा रहेका बेलायतकी महारानीपछि सबैभन्दा पाका राष्ट्रप्रमुख हुनुहुन्थ्यो ।

    लामो समयसम्म सत्तामा रहँदै आएका दर्जनौँ अरबेली तथा अफ्रिकी नेताहरूलाई सन् २०११ अरब मुलुकहरूमा भएको जनआन्दोलनको बलमा अभियानकै रूपमा सत्ताच्यूत गरिएको थियो ।

    एसेब्सी तत्कालीन तानाशाह जिने एल अविदिने बेन अलीको स्थानमा सन् २०१४ मा प्रजातान्त्रिक निर्वाचन प्रणालीबाट निर्वाचित ट्युनिसियाको पहिलो राष्ट्रपति बन्नुभएको थियो ।

    नब्बे वसन्त पार गरेका एसेब्सी गत जुनमा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भई उपचार गराउनु भएको थियो । उहाँलाई गम्भीर स्वास्थ्य समस्या देखिएपछि बिहीबार पुनः अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखी उपचार शुरू गरिएको थियो ।

    यसैबीच, ट्युनिसियाको सरकारले राष्ट्रपति बेजी काइद एसेब्सीको निधनमा सात दिनसम्म शोक मनाउने घोषणा गरेको छ । त्यसैगरी ट्युनिसियाली संसद्का सभामुखलाई यहाँको अन्तरिम राष्ट्रपतिमा चयन गरिएको छ ।

    बहालवाला राष्ट्रपतिको उपचारका क्रममा बिहीबार निधन भएपछि यहाँको संविधानले कल्पना गरेका “दुई विकल्पमध्ये सभामुख मोहमद एन्नासेउरलाई अन्तरिम राष्ट्रपति बनाएर बढीमा ९० दिनसम्ममा निर्वाचन गर्ने विकल्पलाई ट्युनिसियाली संसद्ले चयन गरेको छ,” उप–सभामुख अब्देलफताह मोउरोउले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
    • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष
    • प्रक्षेपणअनुसार बाढीको खतरा छैन: विभाग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.