सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैंककमा आसियान बैठक जारी, शहरमा शृङ्खलाबद्ध बम बिस्फोट


  •    /१७ श्रावण २०७६, शुक्रबार २३:४३ 
  • बैंकक, (रासस/एएफपी) । दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्रीस्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन् ।

    अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसमेत सहभागी यस बैठकमा आसियानका सदस्य राष्ट्रका मन्त्रीहरु सहभागी हुनुहुन्छ । कम क्षमताका पछिल्ला विस्फोटहरुबाट तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

    राजनीतिक हिंसाको इतिहासबाट चर्चामा रहेको थाइल्यान्डमा गत मार्चमा सम्पन्न विवादास्पद आम चुनावबाट थाइल्यान्डको जनजीवन अझै नराम्रोसँग विभाजित भएको छ ।

    प्रधानमन्त्री प्रयुत चान–ओ–चाले बम विस्फोटका घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न आदेश दिनुभएको छ । प्रधानमन्त्रीकी प्रवक्ता नारुमोन पिन्योसिनवातले मुलुकको सुरक्षा व्यवस्थालाई कडा बनाइएको र आम जनतालाई भयभित नहुन आग्रह गर्नुभएको छ ।

    टेबल टेनिस बल आकारका साना बिस्फोटक वस्तु राजधानीका विभिन्न स्थानमा एकै साथ विस्फोट गराइएका थिए । यी विस्फोटहरु ठूलो क्षति पु¥याउन नगरिएको बरु सरकारविरुद्ध सांकेतिक विरोध गर्न चाहेको देखिएको छ ।

    राजधानी बैंककको माहानाकोर्न टावरको वरपर बम निस्कृय तुल्याउने उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थानीय सुरक्षा निकायका अनुसार कम्तीमा यस टावरको वरपर तीन वटा बिस्फोट भएका थिए ।

    यी विस्फोटहरु अमेरिकी विदेशमन्त्री पोम्पेओले आफ्नो मुख्य सम्बोधन गर्नुअघि भएका थिए । विदेशमन्त्री पोम्पेओले थाइल्यान्डले आफूलाई लोकतान्त्रिक पद्धतिमा पुनः स्थापित गरेकामा थाई सरकारको प्रशंसा गर्नुभएको थियो ।

    थाइल्यान्ड सरकारले वम आक्रमणको उद्देश्यमाथि जथाभावी अनुमान नगर्न आग्रह गरेको छ । उपप्रधानमन्त्री प्रवित वोङसुवोनले संवाददाताहरुसँग कुरा गर्दै यस कार्यमा के कति व्यक्ति संलग्न थिए भन्ने अझै थाहा भइनसकेको जानकारी दिनुभयो ।

    थाइल्यान्डले यसअघि अन्तिम पटक सन् २००९ मा आयोजना गरेको आसियानको शिखर बैठक पनि हिंसात्मक विरोध प्रदर्शनका कारण ओझेलमा परेको थियो । त्यसबखत लोकतन्त्र पक्षधर राता कपडा लगाएका प्रदर्शनकारीले स्वतन्त्र चुनावमा माग गर्दै शिखर बैठक आयोजना स्थलका ढोका तोडफोड गरी सभाहलभित्र प्रवेश गरेका थिए । उक्त घटनामा सदस्य मुलुकका नेताहरुलाई थाई सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.