सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगानिस्तानमा छ महीनामा तेह्र सय बढी सर्वसाधारण मारिए


  •    /१५ श्रावण २०७६, बुधबार ००:२६ 
  • काबुल, (रासस /सिन्ह्वा) । अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को शुरुको ६ महीनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ । साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसङघीय मिसनले मङ्गलबार जानकारी दिएको छ ।
    तर सन् २०१८ मा यसै समयमा भएको नागरिक हताहत सङ्ख्या भन्दा २७ प्रतिशतले घटेको मिसनले बताएको छ । राष्ट्रसङघले सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्ममा अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा भएको मानवीय क्षतिको विषयमा मङ्गलबार प्रकाशित एक प्रतिवेदनमा उक्त जानकारी दिइएको छ ।

    यस सशस्त्र द्वन्द्वमा परी सन् २०१९ जुन ३० सम्म चारसय ३० जना महिलाको मृत्यु वा अंगभंग भएको छ । ती महिलामा एक सय ४४ जनाको मृत्यु भएको र अन्य २८६ जना घाइते भएका छन् । यो सङ्ख्या सन् २०१८ को यसै समयको तुलनामा २२ प्रतिशतले घटेको हो ।

    सन् २०१९ को शुरुको छ महीनामा भएको यस द्वन्द्वमा परी तीन सय २७ बालबालिकाको मृत्यु हुनुका साथै अन्य आठ सय ८० जना घाइते भएका थिए । बालबालिकाको यो हताहत सङ्ख्या उच्च भएको र सर्वसाधारणको हताहतको ८४ प्रतिशत बालबालिका नै रहेको जनाइएको छ ।

    सो मिसनका अनुसार अध्ययन गरिएको उक्त समयमा ५२ प्रतिशत सर्वसाधारण मारिएका छन् भने ३७ प्रतिशत सुरक्षाकर्मीको ज्यान गएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.