सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टर्कीमा रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडानको योजना, अमेरिकालाई भयो टाउको दुखाई


  •    /१० श्रावण २०७६, शुक्रबार २२:२५ 
  • अङ्कारा, (रासस/एएफपी) । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले रुसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली अर्को वर्ष सन् २०२०को अप्रिलदेखि जडान गरिने बताउनुभएको छ ।

    संयुक्त राज्य अमेरिकाले रुसी हतियार खरिदप्रति विमती राख्दै अमेरिकाले टर्कीलाई अध्याधुनिक अमेरिकी लडाकू विमान एफ–३५ बिक्री नगर्ने जनाइसकेको छ ।

    टर्कीको राजधानी अङ्कारामा राष्ट्रपतिको दल न्याय तथा विकास पार्टी (एकेपी)को भेलामा शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति एर्डोगानले सन् २०२०को अप्रिलमा रुसी हतियार जडान प्रक्रिया आरम्भ हुने जानकारी दिनुभयो ।

    रुसले उक्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली यसै महिना टर्की पठाइसकेको छ । रुसी हतियार खरिद गरेको बिरोधमा अमेरिकाले बहुप्रतिक्षित एफ–३५ विमान बिक्री गर्ने योजना रद्द गरेको छ ।

    अमेरिकाले आफ्ना लडाकू विमानमा प्रयोग गरेको अति संवेदनशील प्रविधि र सूचना चोरी हुने आशंका व्यक्त गरेको छ । राष्ट्रपति एर्डोगानले सम्बोधनका क्रममा अमेरिकी निर्णयप्रति लक्षित गर्दै भन्नुभयो, तपाइँहरु एफ–३५ दिनु हुन्न ? धेरै राम्रो तर यसबाट उत्पन्न हुनसक्ने संकट निवारण गर्ने उपाय हामीसँग पनि छ र हामी अरु देशलाई गुहार्न बाध्य हुनेछौं ।

    उहाँले बोइङ कम्पनीको अर्बौं डलरको अर्डर रद्द गर्न आफूहरु पनि बाध्य हुने चेतावनी दिनुभयो । उहाँले गत महिना जापानमा सम्पन्न जी–२० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफूले यस विषयलाई गम्भीरतापूर्वक राखेको पनि बताउनुभयो ।

    टर्की र संयुक्त राज्य अमेरिकाबीच यसै साता भएको बैठकमा उत्तरी सिरियामा मध्यवर्ती क्षेत्र निर्माण गर्ने विषयमा छलफल भएको थियो । बैठकमा टर्की र कुर्दिस फौजबीच थप लडाइँ रोक्ने बारेमा छलफल केन्द्रित भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.