सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टर्कीमा रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडानको योजना, अमेरिकालाई भयो टाउको दुखाई


  •    /१० श्रावण २०७६, शुक्रबार २२:२५ 
  • अङ्कारा, (रासस/एएफपी) । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले रुसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली अर्को वर्ष सन् २०२०को अप्रिलदेखि जडान गरिने बताउनुभएको छ ।

    संयुक्त राज्य अमेरिकाले रुसी हतियार खरिदप्रति विमती राख्दै अमेरिकाले टर्कीलाई अध्याधुनिक अमेरिकी लडाकू विमान एफ–३५ बिक्री नगर्ने जनाइसकेको छ ।

    टर्कीको राजधानी अङ्कारामा राष्ट्रपतिको दल न्याय तथा विकास पार्टी (एकेपी)को भेलामा शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति एर्डोगानले सन् २०२०को अप्रिलमा रुसी हतियार जडान प्रक्रिया आरम्भ हुने जानकारी दिनुभयो ।

    रुसले उक्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली यसै महिना टर्की पठाइसकेको छ । रुसी हतियार खरिद गरेको बिरोधमा अमेरिकाले बहुप्रतिक्षित एफ–३५ विमान बिक्री गर्ने योजना रद्द गरेको छ ।

    अमेरिकाले आफ्ना लडाकू विमानमा प्रयोग गरेको अति संवेदनशील प्रविधि र सूचना चोरी हुने आशंका व्यक्त गरेको छ । राष्ट्रपति एर्डोगानले सम्बोधनका क्रममा अमेरिकी निर्णयप्रति लक्षित गर्दै भन्नुभयो, तपाइँहरु एफ–३५ दिनु हुन्न ? धेरै राम्रो तर यसबाट उत्पन्न हुनसक्ने संकट निवारण गर्ने उपाय हामीसँग पनि छ र हामी अरु देशलाई गुहार्न बाध्य हुनेछौं ।

    उहाँले बोइङ कम्पनीको अर्बौं डलरको अर्डर रद्द गर्न आफूहरु पनि बाध्य हुने चेतावनी दिनुभयो । उहाँले गत महिना जापानमा सम्पन्न जी–२० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफूले यस विषयलाई गम्भीरतापूर्वक राखेको पनि बताउनुभयो ।

    टर्की र संयुक्त राज्य अमेरिकाबीच यसै साता भएको बैठकमा उत्तरी सिरियामा मध्यवर्ती क्षेत्र निर्माण गर्ने विषयमा छलफल भएको थियो । बैठकमा टर्की र कुर्दिस फौजबीच थप लडाइँ रोक्ने बारेमा छलफल केन्द्रित भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.