सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘चिनियाँहरू नुहाउने बेलामासमेत मोबाइल फोनबाट सेवा लिन्छन्’


  •    /२ श्रावण २०७६, बिहीबार २३:४८ 
  • तिआनजिन, (रासस/सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेको एक अध्ययनले देखाएको छ ।

    छालाको स्याहारका लागि विभिन्न सामान उत्पादन गर्ने एक कम्पनीद्वारा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार मोबाइलको प्रयोग गर्ने झण्डै ९० प्रतिशत चिनियाँहरूले आफू नुहाउन स्नानकक्षमा प्रवेश गर्दासमेत आफ्नो फोन साथैमा लाने बानी रहेको छ ।

    उनीहरूले स्नानकक्षमा फोनबाट म्युजिकका वाबजुत भिडियो हेर्ने, श्रव्य किताब वा पाठ्यक्रम पनि सुन्ने र अध्ययन गर्ने गरेको उक्त अध्ययनले देखाएको बताइएको छ ।

    स्नानकक्षमा फोनको सेट लानेमध्ये १८ दशमलव १४ प्रतिशत व्यक्तिले आफूहरूको फोन अर्काले नचलाओस् वा नहेरोस् भन्नका लागि सँगै लैजाने गरेको बताएका छन् भने ९ दशमलव १५ प्रतिशतले नुहाउँदासमेत फोनमार्फत आफ्ना कामलाई निरन्तरता दिने गरेको बताएका छन् ।

    रिपोर्टअनुसार अधिकांश चिनियाँहरूका लागि नुहाउने समय राति १० बजेपछि रहने गरेको छ । अत्यधिक चिनियाँहरूले राति अबेरमात्र नुहाउन मन पराउने गर्छन् भने बेलुका १० बजेभन्दा पछि नुहाउने चिनियाँको सङ्ख्या ३८ दशमलव ४५ रहेको छ । चीनमा स्मार्ट फोन वा यस किसिमका सामग्रीसँग आजभोलि अत्यधिक चिनियाँले समय बिताउने गरेको पनि अध्ययनले देखाएको छ ।

    भिडियो तथा टेलिभिजन कार्यक्रमहरू हेर्नेे, विद्युतीय खेलहरू खेल्ने, सामाजिक सञ्जालमा सन्देश आदानप्रदान गर्ने काममा समय खर्चिएको कारण अधिकांशको नुहाउने समय राति अबेरका लागि पुग्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

    अध्ययन प्रतिवेदन मोबाइल प्रयोग गर्ने दुई हजार ४०० व्यक्तिसँग गरिएको प्रश्नावलीका आधारमा गरिएको कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.