सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बसले बेवारिसे बमलाई ठक्कर दिँदा ३४ जनाको ज्यान गयो


  •    /१५ श्रावण २०७६, बुधबार २१:३२ 
  • अफगानिस्तान, (रासस/सिन्ह्वा) । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीमा चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

    शु्रुमा प्राप्त समाचारमा उक्त घटनामा २८ जनाको मृत्यु भएको जनाइएको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन् ।

    बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेका स्थानीय प्रहरीले जनाएको छ ।

    घाइतेहरुलाई छिमेकमा रहेको हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको छ ।

    बम अफगानिस्तानको विद्रोही समूह तालिबानले को राखेको अनुमान गरिएको छ । राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

    तालिबान लडाकू समूहले सुरक्षाबललाई लक्ष्यगरी विस्फोटक पदार्थ, सडक किनारको बम र बारुदी सुरुङ्ग आक्रमण गर्दै आएका छन् । तर तालिबान लडाकू समूहले तयार पारेका घातक घरेलु हातहातियारले सर्वसाधारण जनतालाई पनि हानी पुर्याउँदै आएको छ ।

    अफगानिस्तानमा जारी द्वन्द्वमा यसै वर्षको शुरुको छ महिनामा नै १ हजार ३६६ जना सर्वसाधारणको मृत्यु भएको छ भने दुई हजार ४४६ जना घाइते भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.