अन्तर्राष्ट्रिय
काठमाडौं, २३ फागुन । अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा अमेरिकासँग वार्ता हुने जानकारी दिएका हुन् । जेलेन्स्कीले यो वार्ता महत्त्वपूर्ण हुने आशा व्यक्त गरेका छन्...
काठमाडौं, २१ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो सरकारले ४ वर्षमा नगरेको काम आफूले ४३ दिनमै गरेको दाबी गरेका छन् । अमेरिकी संसद (कांग्रेस)को संयुक्त बैठकलाई सम्बोधन गर्दै ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनलाई अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा...
नयाँदिल्ली, १८ फागुन । भारतको उत्तरी राज्य पन्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको छ । प्रहरीले जनाएअनुसार पन्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला...
टोकियो, १५ फागुन । जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा लगातार नवौँ वर्ष घट्दै गएर सन् २०२४ मा जन्मदर फेरि रेकर्ड न्यूनस्तरमा पुगेको बिहीबार सरकारी तथ्याङ्कले देखाएको छ । यी आँकडाहरूले विश्वको चौथो ठूलो...
भारत, १४ फागुन । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको सम्बन्ध विच्छेद हुने आशंका बढेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय गोविन्दा ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयरमा छन्। यही कारण सुनिता विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्न चाहन्छिन्। तथापि...
काठमाडौँ, १४ फागुन । सुडानको राजधानी खार्तुमको बाहिरी इलाकामा मंगलबार एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा धेरै अधिकारी र सर्वसाधारणको मृत्यु भएको सेनाले जनाएको छ। प्रजातन्त्र समर्थक कार्यकर्ताहरूले कम्तीमा १० जनाको मृत्यु भएको बताएका छन्। मंगलबार राति जारी गरिएको एक विज्ञप्तिमा...
काठमाडौं, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्। यो ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ। सीएनएनका अनुसार ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई...
रफाह, १४ फागुन । चिसो मौसम, उपर्युक्त आश्रयको अभाव र ताप नहुँदा गएको दुई हप्तामा गाजामा कम्तीमा छ बालबालिकाको मृत्यु भएको छ । प्यालेस्टिनी डाक्टर र स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन् । गाजाको उत्तरमा रहेको पेशेन्ट्स फ्रेन्ड्स बेनेभोलेन्ट सोसाइटी...
काठमाडौं, ६ पागुन । भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ । लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ...
काठमाडौँ, ४ फागुन । शनिबार राति करिब ९:२६ बजे भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १७ जनाको मृत्यु भएको छ। जसमध्ये १० महिला र ३ बालबालिका छन्। २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले...











