सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाजामा चिसोका कारण दुई हप्तामा छ बालबालिकाको मृत्यु


  •    न्युजभित्तो/१४ फाल्गुन २०८१, बुधबार ११:३१ 
  • रफाह, १४ फागुन । चिसो मौसम, उपर्युक्त आश्रयको अभाव र ताप नहुँदा गएको दुई हप्तामा गाजामा कम्तीमा छ बालबालिकाको मृत्यु भएको छ । प्यालेस्टिनी डाक्टर र स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन् ।

    गाजाको उत्तरमा रहेको पेशेन्ट्स फ्रेन्ड्स बेनेभोलेन्ट सोसाइटी (पीएफबीएस) अस्पतालका डाक्टरहरूले चिसोबाट बिरामी परेका नौ नवजात शिशुहरूलाई भर्ना गरिएको बताएका छन् ।

    यीमध्ये छ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दक्षिणी सहर खान युनिस नजिकै रातभरि चिसोको कारणले गर्दा दुई महिनाकी बालिकाको मृत्यु भएको एउटा परिवारले बताएको छ ।

    पीएफबीएस अस्पतालले पाल र अस्थायी आश्रय स्थलमा बसोबास गर्ने अनुमानित ९ लाख ४५ हजार विस्थापित प्यालेस्टिनीहरूको अवस्था सुधार गर्न कारभान (कार बोक्ने ठुला सवारी साधन) र इन्धनको तत्काल आपूर्तिको लागि माग गरेको थियो ।

    पाँच हप्ता अघि सुरु भएको युद्धविरामको क्रममा इजरायलले सहमति भएको मात्रामा पाल र अन्य आश्रय सामग्रीहरू नपुर्‍याएको आरोप हमासले लगाएको छ ।

    तर, हमासको यो आरोपलाई इजरायलले अस्वीकार गरेको छ । इजरायल र हमास बीचको १६ महिने युद्धको क्रममा गाजाको अधिकांश जनसंख्या विस्थापित भएका छन् । गाजाको जनसंख्या २१ लाख थियो । युद्धमा यस क्षेत्रका लगभग ७० प्रतिशत भवनहरू ध्वस्त भएको अनुमान गरिएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.