दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
न्युजभित्तो/२० आश्विन २०८३, मंगलवार १३:३३
मकवानपुर, २० असोज । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले प्रदेश सरकारले सीमान्तकृत तथा पछाडि पारिएका समुदायलाई शिक्षा र स्वास्थ्य सेवाको पहुँचमा ल्याउन निरन्तर काम गरिरहेको बताउनुभएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ५ कुत्तसिङमा होसन्ना सेवकाइ नेपालले आयोजना गरेको दुईदिने निःशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्न र अत्याधुनिक वाटर फिल्टर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले दुर्गम तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो।
उहाँले चेपाङलगायत पिछडिएका तथा सीमान्तकृत समुदायको सामाजिक र आर्थिक अवस्था सुधार गर्न स्वास्थ्य तथा शिक्षासँगै आयआर्जनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो। स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीप, रोजगारी तथा आयआर्जनसँग जोडिएका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।
मन्त्री तामाङले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा केन्द्र तथा स्वास्थ्य चौकीसम्म सहज रूपमा पुर्याउन सडक तथा अन्य आवश्यक पूर्वाधारको विकास अपरिहार्य रहेको बताउनुभयो। बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म लैजान सक्ने अवस्था नहुँदा दुर्गम क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य समस्यामा समेत ठूलो कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवा विस्तारसँगै यातायात र भौतिक पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा मन्त्री तामाङले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुग्नुपर्ने बताउँदै भौगोलिक रूपमा विकट र सामाजिक रूपमा पछाडि पारिएका समुदायलाई लक्षित गरी सञ्चालन हुने स्वास्थ्य शिविरले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
होसन्ना सेवकाइ नेपालकी अध्यक्ष पूजा बादीले आफ्नो संस्थाले विगत १३ वर्षदेखि सीमान्तकृत तथा विपन्न समुदायलाई लक्षित गरी विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायसम्म पुगेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले बताउनुभयो।
दुई दिन सञ्चालन हुने स्वास्थ्य शिविरबाट राक्सिराङ गाउँपालिका–५ कुत्तसिङका साथै गाउँपालिकाका अन्य क्षेत्रका स्थानीय बासिन्दाले समेत स्वास्थ्य सेवा लिन सक्ने आयोजकले जनाएको छ। शिविरमा स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिनुका साथै स्थानीय समुदायलाई खाद्यान्न र स्वच्छ खानेपानीका लागि अत्याधुनिक वाटर फिल्टरसमेत वितरण गरिएको छ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, स्वास्थ्य सेवा तालिम केन्द्रका प्रमुख डा. दीपकप्रसाद तिवारी, राक्सिराङ गाउँपालिका–५ का वडाध्यक्ष हरिबहादुर प्रजा तथा विदेशी स्वास्थ्य स्वयंसेवक ड्यानियल शिल्ड्स, डेभिड हड्सन र नाटाली राइफरलगायतको उपस्थिति थियो।