सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केआईआईटी प्रकरणः आरोपित हिरासतमा


  •    न्युजभित्तो/६ फाल्गुन २०८१, मंगलवार १६:०४ 
  • काठमाडौं, ६ पागुन । भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ ।

    लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ । साथै, सोमबारबाट उनको मोबाइल प्रमाणका रुपमा जफत गरिएको भनिएको छ ।

    प्रहरीले प्रकृतिको मोबाइल, ल्यापटप र एउटा डायरी पनि लगेको छ । त्यसको डिजिटल जाँच गरेर यो अनुसन्धानमा प्रमाणहरू जुटाइने भनिएको छ ।

    २० वर्षीया लम्साल आइतबार अपराह्न होस्टलमा मृत अवस्थमा भेटिएकी थिइन् । त्यसपछि श्रीवास्ताव भागेर कोलकातास्थित घर जान खोजेका थिए । तर, व्यापक दबाबबीच उनी विमानस्थलबाटै पक्राउ परेका थिए ।

    आरोपी अड्विक सोही कलेजमा बि-टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत थिए । प्रकृतिलाई न्याय माग्दै गरिएको प्रदर्शनलाई प्रशासनले दमन गर्न खोजेपछि यो प्रकरणले थप उग्र रुप लिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.