सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापानमा जन्मदर नयाँ ऐतिहासिक न्यूनस्तरमा, कारण के ?


  •    न्युजभित्तो/१५ फाल्गुन २०८१, बिहीबार १५:५५ 
  • टोकियो, १५ फागुन । जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा लगातार नवौँ वर्ष घट्दै गएर सन् २०२४ मा जन्मदर फेरि रेकर्ड न्यूनस्तरमा पुगेको बिहीबार सरकारी तथ्याङ्कले देखाएको छ ।

    यी आँकडाहरूले विश्वको चौथो ठूलो अर्थतन्त्रले सामना गर्दै गरेको नाटकीय जनसाङ्ख्यिकीय चुनौतीहरूलाई उजागर गर्छन् । जापानमा घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसङ्ख्याको हेरचाहको लागत वहन गर्नुपर्ने भएको छ ।

    स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२४ मा विदेशी नागरिकहरू सहित जापानमा सात लाख २० हजार नौ सय ८८ बच्चा जन्मिएका थिए । यो सन् २०२३ मा सात लाख ५८ हजार छ सय ३१ बाट पाँच प्रतिशतले कम हो ।

    जन्मको सङ्ख्या सरकारले सन् १८९९ मा तथ्याङ्क राख्न सुरु गरेयता सबैभन्दा कम भयो । मृत्युको सङ्ख्या जन्मको तुलनामा दोब्बरभन्दा बढी थियो । मृत्यु हुनेको सङ्ख्या सन् २०२३ मा एक दशमलव आठ प्रतिशतले बढेर १६ लाख २० हजार पुगेको छ ।

    जापानको कूल जनसङ्ख्या यस महिना १२ करोड ३५ लाख ४० हजार पुगेको आन्तरिक मामिला मन्त्रालयको गत हप्ताको तथ्याङ्कले देखाएको छ । यो एक वर्ष अघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशतले कम हो ।

    जन्म तथ्याङ्कले दक्षिण कोरियासँग तीव्र तुलना गरेको छ । दक्षिण कोरियामा बुधबारको तथ्याङ्कले सन् २०२४ मा प्रति एक हजार मानिसमा जन्मिएका बच्चाहरूको सङ्ख्या बढेको छ । यो एक दशकभन्दा बढी समयमा पहिलो पटक हो ।

    सन् १९७३ मा जापानमा २१ लाख बच्चा जन्मिएका थिए । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले जनसङ्ख्या सङ्कटको सामना गर्नु आफ्नो शीर्ष प्राथमिकताहरूमध्ये एक रहेको बताएका छन् । तर शिक्षाको उच्च लागत, स्थिर अर्थव्यवस्था र जीवनशैलीमा परिवर्तनले युवाहरूलाई परिवार सुरु गर्न निरुत्साहित गरेको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.