अन्तर्राष्ट्रिय
काठमाडौं, २० चैत । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । पाकिस्तानमा आएको भूकम्पको केन्द्र जमिनको १२० किलोमिटर...
रफाह, १९ चैत । इजरायली सेनाले दक्षिणी गाजामा १५ प्यालेस्टिनी डाक्टरहरूको हत्या गरेको आरोप संयुक्त राष्ट्रसंघ (यूएन)ले लगाएको छ । सबै डाक्टरहरूलाई मारेर सामूहिक चिहानमा गाडिएको दाबी यूएनको छ । उनीहरूको शवलाई क्षतिग्रस्त एम्बुलेन्सहरू भेटिएको ठाउँमा गाडिएको बताइएको छ ।...
पाकिस्तान, १८ चैत । पाकिस्तानको पेशावर सहरमा गोली हानेर एक हिन्दु नागरिकको हत्या गरिएको छ। धर्म परिवर्तन गर्न नमान्दा नदिम अमिन नामका हिन्दु व्यक्तिको हत्या गरिएको बताइएको छ। यो घटना पेशावरको पोस्टल कोलोनी क्षेत्रमा भएको हो। शनिबार काम सकेर घर...
न्यापिडो, १५ चैत । शुक्रबार मध्य म्यान्मामा आएको शक्तिशाली भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको, भवनहरूलाई क्षति पुर्याएको र छिमेकी थाइल्यान्डका मानिसहरूलाई सडकमा भाग्न बाध्य पारेको छ । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय...
काठमाडौं, १४ चैत । दक्षिण कोरियाको जंगलमा लागेको भीषण डढेलोमा हालसम्म कम्तीमा २७ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाली गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । स्थानीय अधिकारीहरूले मृतकमध्ये धेरैजसो ६० देखि ७० वर्षका रहेको...
अमेरिका, १० चैत । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको...
इजरायल, १० चैत । इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएका छन् । गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित राजनीतिक समूह हिज्बुल्लाहका सेन्टरलाई...
इजरायल, ७ चैत । बुधबार इजरायलले गाजामा गरेको आक्रमणमा ७० जनाको ज्यान गएको छ। पहिलो चरणको युद्ध विराम सकिएपछि इजरायलले सुरु गरेको आक्रमणमा १८३ बालबालिकासहित ४४३ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अझ भीषण...
काठमाडौं, ५ चैत । इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । हमलाको कारण ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् । इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । रोयटर्सले चिकित्सक र...
वासिङटन, ४ चैत । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्सलाई मंगलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ । विल्मोर र विलियम्सलाई आइतबार बिहान अन्तरिक्षमा पुगेका अरू अमेरिकी र एक रुसी अन्तरिक्षयात्रीसँग...













