सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिहेको ३७ वर्षपछि सम्बन्ध विच्छेद गर्दै छन् गोविन्दा


  •    न्युजभित्तो/१४ फाल्गुन २०८१, बुधबार ११:४३ 
  • भारत, १४ फागुन । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको सम्बन्ध विच्छेद हुने आशंका बढेको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय गोविन्दा ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयरमा छन्। यही कारण सुनिता विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्न चाहन्छिन्। तथापि दुवैले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। तर गोविन्दाका भतिजा तथा हास्य कलाकार कृष्णा अभिषेकले भने यो सम्भव नभएको बताएका छन्।

    सुनिताले केही समयअघि आफू र गोविन्दा सँगै नबस्ने खुलासा गरेकी थिइन्। उनले भनेकी थिइन्९ हाम्रा दुईवटा घर छन्। म एउटा फ्ल्याटमा छोराछोरीसँग बस्छु, गोविन्दा अर्को फ्ल्याटमा बस्छन्। गोविन्दा कामको सिलसिलामा राति ढिला घर आउँछन्। जसका कारण हामी सँगै बस्दैनौँ। सुनिताले युट्युब च्यानल हिन्दी रशलाई अन्तर्वार्ता दिँदै यी कुरा भनेकी थिइन्।

    जुम टीभीको रिपोर्टअनुसार गोविन्दा र सुनिताको सम्बन्धविच्छेद भएमा यसलाई ग्रे डिभोर्स भनिन्छ। वास्तवमा २५ देखि ४० वर्षसम्म सँगै बसेपछि जब जोडीको सम्बन्ध विच्छेद हुन्छ, त्यसलाई ग्रे डिभोर्स भनिन्छ। यसलाई सिल्भर स्प्लिटर्स पनि भनिन्छ । अमेरिका र युरोपमा यो शब्दको प्रचलन बढे पनि अहिले भारतमा पनि यसको चर्चा बढ्दै गएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.