सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकी संसद्‌मा ट्रम्पको सम्बोधनः बाइडेनले चार वर्षमा नगरेको काम मैले ४३ दिनमै गरें


  •    न्युजभित्तो/२१ फाल्गुन २०८१, बुधबार ११:३७ 
  • काठमाडौं, २१ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो सरकारले ४ वर्षमा नगरेको काम आफूले ४३ दिनमै गरेको दाबी गरेका छन् । अमेरिकी संसद (कांग्रेस)को संयुक्त बैठकलाई सम्बोधन गर्दै ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनलाई अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा दिए । अमेरिका इज ब्याकबाट भाषण शुरू गरेका उनले बाइडेनको निर्णयका कारण लाखौं आप्रवासीले अमेरिका प्रवेश गर्ने अवसर पाएको बताए ।

    ‘मेरो सबैभन्दा ठूलो प्राथमिकता अमेरिकी अर्थतन्त्रलाई बचाउनु राहत प्रदान गर्नु हो । हामीले आर्थिक विनाश र मुद्रास्फीतिको दुःस्वप्न बाइडेन प्रशासनबाट विरासतमा पाएका छौं । बाइडेनको नीतिहरूले ऊर्जाको मूल्य बढाएको छ, सामानहरू महँगो बनाएको छ र लाखौं अमेरिकीहरूको पहुँचबाट बाहिर राखेको छ, म यो क्षतिलाई उल्टाउन र अमेरिकालाई फेरि सस्तो बनाउन लडिरहेको छु, उनले भने ।

    ट्रम्पले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याउने दाबी गरे । ‘हामीले सरकारी सेन्सरशिप पूर्ण रूपमा बन्द गरेका छौं र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याएका छौं, उनले भने, मैले पदभार ग्रहण गर्नेवित्तिकै सबै संघीय भर्ती, नयाँ संघीय नीति र विदेशी सहायतामा तत्काल प्रतिबन्ध लगाएको छु । ट्रम्पले दक्षिणी सीमामा राष्ट्रिय आपतकाल घोषणा गरेको स्मरण गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.