राष्ट्रिय
काठमाडौँ,१ असार । कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देरादुन जानु भएकी उहाँ सडक दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको थियो । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव...
धनुषा, १ असार । मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गर्नु भएको छ । पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको योग शिवरको मुख्यमन्त्री राउतले भर्चुअल प्रविधिमार्फत शुभारम्भ गर्नु भएको हो ।...
लण्डन, १ असार । नेपालमा कोभिड–१९ को दोस्रो लहरबाट नेपाली समुदायलाई बचाउन खोप र अक्सिजन प्रदान गर्न एम्नेष्टी युकेले सोमबार विज्ञप्ति निकालेर विश्व समुदायलाई आग्रह गरेको छ । नेपालमा रहेको हालको पूर्वाधारले अहिलेकै अवस्थाको कोभिड बिरामी धान्न समस्या भइरहेकाले अक्सिजन,...
झापा, १ असार ।“कोरोनाले मृत्युवरण गरेका सङ्क्रमितको शवलाई पहिलोपटक छुँदा हात लुगलुग कामे जस्तो लाग्यो । स्यानिटाइजर छर्किदा मुटु ढुकढुक भयो । मन दरो बनाएर सोचेँ–म स्काउटको सदस्य हुँ, मैले अहिले शव व्यवस्थापन गर्न जिम्मेवारी पाएकी छु । म...
सुर्खेत, १ असार । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली हुनुभएका प्रदेशसभाका चार सदस्य अनुपस्थित हुनुभएको छ । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुनुहुन्छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम...
डोटी, १ असार । जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ५० जनाले कोरोना जित्न सफल भएका...
बुटवल, १ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वूर्ण संस्कृतिको रुपमा स्थापित हँुदै गएको बताउनुभएको छ । आज शुभकामना सन्देश दिंदै उहाँले लुम्बिनी प्रदेशको रोल्पा र रुकुममा खामा भाषी मगर समुदायले मनाउने सो विशेष सांस्कृतिक...
कास्की, १ असार । गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रममा कृषिको आधुनिकीकरण गरी स्वरोजगारका...
काठमाडौँ, १ असार । मंगलबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा झरेको हो । सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा...
गोरखा, १ असार । आरुघाट गाउँपालिका-२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । अन्य दुई साथीसहित आरुघाट गाउँपालिका कटुन्जेस्थित साहुको...















