सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली प्रदेश सभाकै परिपक्को व्यक्तिः गुरुङ


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १५:५२ 
  • पोखरा, ४ असार । नेकपा एमालेका गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई प्रदेशसभाकै परिपक्व व्यक्ति तथा नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति भन्दै त्यस्ता व्यक्तिलाई विश्वासको मत दिन्न भनेर भन्न नमिल्ने बताउनुभयो ।
    तर मुख्यमन्त्री पोखरेलले आफ्नो लागि नभई गठबन्धन सरकारका लागि विश्वासको मत मागेका कारण आफूले विश्वासको मत दिन नसक्ने उहाँको भनाई छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्रीसमेत रहनु भएका गुरुङले विषयगत तथा दायित्व र जिम्मेवारीवोधका हिसाबले सरकारको मूल्यांकन गर्ने बताउनुभयो ।
    जुन उद्देश्यले गठबन्धन बनेर सरकार गठन भएको छ, त्यसका आधारमा आफूहरुले सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता नदेखिएको उहाँले प्रष्ट पार्नुभयो । “मुख्यमन्त्रीजीलाई व्यक्तिगत रुपमा विश्वास नगर्नुपर्ने कारण छैन, तर व्यक्तिको लागि उहाँले मत माग्नुभएको छैन,“ उहाँले थप्नुभयो ‘सरकारका लागि उहाँले विश्वासको मत माग्नुभएको हो, सरकारलाई अहिले नै विश्वासको मत दिने बेला भएको छैन ।
    ’ संघीयताको सवालमा काठमाडौंको मानसिकता सकारात्मक नरहेको भन्दै उहाँले भन्नुभयो “काठमाडौंको मानसिकताका कारण प्रदेश सरकारका मुख्यमन्त्रीहरू अप्ठ्यारोमा परेका छन् ।“ हिजोका दिनमा त्यो अप्ठ्यारो आफूले महसुस गरेको र आज मुख्यमन्त्री पोखरेल त्यो महसुस गर्ने स्थानमा रहेको उनले प्रस्ट पारे । संघीयता बलियो पार्ने सवालमा खुट्टा नकमाइ काम गरेको खण्डमा आफूले सदैव सहयोग गर्ने उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.