सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १६:१३ 
  • काठमाडौँ ४ असार । नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास चुल्हो र खाद्यान्न हस्तान्तरण गर्नुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उक्त सामग्री प्रभावितलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

    अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रका सयौँ घरमा क्षति पुयाएको छ । बाढीबाट सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका छन् । निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समस्यामा परेका नेपाली नागरिकलाई सहयोग गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.