सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पालैपालो निर्वाचन आयोग पुगे तीन दलका नेताहरु


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १६:१८ 
  • काठमाडौँ ४ असार । एमाले र माओवादीका नेता पालैपालो निर्वाचन आयोग पुगेका छन् । माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् ।

    माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

    माओवादी नेताहरुले स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न आयोगलाई ध्यानाकर्षण गराउन आयोग गएका हुन् भने एमाले नेताहरु आगामी निर्वाचनका सम्बन्धमा बुझ्न आयोग पुगेका हुन् ।

    माओवादी छाडेर एमाले बनेका पूर्वमन्त्री समेत रहेका टोपबहादुर रायमाझी र प्रभु शाह आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका हुन् । उनीहरु आयोगबाट निस्के लगत्तै माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र दिनानाथ शर्मा लगायतको टोली पनि पनि निर्वाचन आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका छन् ।

    ‘स्थानीय तहमा पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेको छ । त्यो पत्र हामीले आयोगमा बुझाएका छौँ तर आयोगले दल त्याग गरेको सुचना प्रकाशित गरेन । सोही विषयमा कुराकानी गर्न आयोग गएका हौ’, आयोग पुगेका माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

    आयोगले सुचना जारी नगरेसम्म पद खाली हुदैन । पोखरेलले माओवादी केन्द्रबाट स्थानीय निर्वाचन जितेका मेयर उपमेयर र वडाध्यक्ष गरी १७,१८ जना रहेको पोखरेलले जानकारी दिए ।

    माओवादी केन्द्रका नेताहरूसँगको कुराकानीमा आयोगका पदाधिकारीहरुले आयोगको निर्वाचन नियमावलीमा केन्द्रीय समितिले निर्णय गर्नुपर्ने छ भनिएकाले सोही अनुसार गर्न सुझाव दिएका छन् । तर माओवादी केन्द्रले त्यसको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएकाले सोही अनुसार गर्न माग गरेका थिए ।

    एमाले र माओवादीका नेता आयोगबाट निस्केको केही बेरमा शुक्रबारै जसपाका उपेन्द्र यादव र उनी पक्षधर नेताहरु पनि निर्वाचन आयोगमा पुगेका छन् । महन्थ ठाकुर पक्षलाई गरेको कारवाही अनुमोदन नगरेकोमा यादव पक्ष आयोगसँग चिढिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.