सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस केन्द्रीय समिति बैठक सुरु


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १६:४८ 
  • काठमाडौं, ४ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक तीन बजेपछि सुरु भएको हो ।

    कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको नेताहरुले बताएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ ।

    बिहीबारको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले महाधिवेशको संशोधित कार्यतालिका पेश गरेका थिए । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन, साउन १६ मा गाउँरनगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

    त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते हुने कार्यतालिकामा उल्लेख छ ।

    दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुने गरी कार्यतालिका संशोधन गरिएको छ । त्यस्तै क्रियाशील सदस्यता टुंग्याउन असार मसान्तसम्मको समय प्रस्ताव गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.