ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंदा चितवनका एसपी सहित ६ प्रहरी घाईते, अवस्था खतरामुक्त
न्युजभित्तो/४ असार २०७८, शुक्रबार २०:५२
चितवन, ४ असार । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नं. २९ गाईघाटमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंदा चितवनका एसपी सहित ६ जना प्रहरी घाईते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनको बा २ झ ३४७२ नम्बरको जीपलाई मुग्लिन तर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले ठक्कर दिंदा आज साँझ ५ः३० बजेको समयउमा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्य थापाका अनुसार घाईते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा सामान्य चोट लागेको छ । पाँच जना प्रहरीहरुको समेत टाउको हात लगायतका अंगमा सामान्य चोट लागेको उहाँले जानकारी दिनुभयो । घाईते सबैको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको छ ।
घाईते हुने प्रहरीहरुमा प्रहरी जवान दिपेन्द्र बस्याल, रामदास राना, पूर्णप्रसाद चौधरी, सरोज चौधरी, प्रहरी जवान चालक केशव खड्का रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ–मुग्लिन सडकको भाँसिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा दुर्घटना भएको बताउनुभयो । अनुगमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालय चितवनका प्रमुख र ईञ्जिनियरहरु समेत रहनु भएको थियो ।
प्रहरी उपरीक्षक सहितको प्रहरीहरुको अवस्था खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो । गाडीको अगाडिको भाग भने पूर्ण क्षतिग्रस्त भएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।