राजनीति
काठमाडौं, १० फाल्गुन। वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । वाग्मती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको हो । आज बस्ने बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस गरिने सम्भावित कार्यसूची रहेको छ । बैठकको लागि...
काठमाडौं,१० फाल्गुन। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्दै छ । आयोगले यसअघि नै सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज फागुन १० गते मतदाताको नामावली प्रकाशन गर्ने भएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा र...
चितवन,८ फागुन । विशेष अदालतले सिक्टा सिँचाइ आयोजनामा ठेकेदार रहेको शहरी विकास मन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनको कुनै दोष नभएको ठहर गरेको छ । विशेषले गत असारमा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गर्दै ठेकेदार कम्पनीको बदनियतका कारण नभई कमशल माटोका...
सिन्धुली,९ फाल्गुन। नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन् । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने जिकिर गरेका हुन् । पार्टीमा सहमति हुने र तत्काल...
काठमाडौँ,९ फाल्गुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् । ग्याल्पो ल्होसारको अवसरमा उनले सम्पूर्ण नेपालीका निमित्त सुख, शान्ति र समुन्नतिको वर्ष बनोस्, भनी शुभकामना...
काठमाडौँ,९ फाल्गुन। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिका संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेका छन् । ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र...
काठमाडौं,८ फागुन । नेपाली कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक रूपमा प्रस्ताव राखेको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेता आइतबार बेलुका बालुवाटार पुगेर राष्ट्रपतिमा सहकार्यको प्रस्ताव राखेका हुन्। देउवाले विगतका कुरा...
काठमाडौँ,७ फाल्गुन। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्कन्छ भन्ने थाहा नभएको बताएका छन् । पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो...
विराटनगर,७ फाल्गुन। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने दावे गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे । अध्यक्ष ओलीले...
चितवन,७ फागुन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको...











