राजनीति

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता सुरु
-न्युजभित्तो

काठमाडौं,१२ फाल्गुन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारको...

बालुवाटारमा चार दलका शीर्ष नेताहरुको बैठक जारी
-न्युजभित्तो

काठमाडौं,१२ फाल्गुन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार राजनीतिक दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी रहेका छन् । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी...

प्रधानमन्त्री प्रचण्डले आज एमाले अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्दै
-न्युजभित्तो

काठमाडौं,१२ फाल्गुन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपति निर्वाचनका विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेको समयमा छलफल जारी रहेको बेला...

राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम नामावली प्रकाशन गरिंदै
-न्युजभित्तो

काठमाडौं, १२ फाल्गुन। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम नामावली प्रकाशन गर्दै छ । आयोगले राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम नामावली प्रकाशन गर्ने भएको हो । आयोगले मतदाता नामावलीमा समावेश नाममा छानबिन गरेपछि आज अन्तिम नामावली प्रकाशन गर्ने तयारी...

सूचना र तथ्याङ्क सुरक्षित बनाउन सञ्चारमन्त्री शर्माको निर्देशन
-न्युजभित्तो

काठमाडौँ,११ फाल्गुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्याङ्क र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन दिएकी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र...

जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाउने सरकारको निर्णय दु:खद हो : अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौं,११ फाल्गुन। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस सरकारको निर्णय दु:खद भएको टिप्पणी गरेका छन् । आज आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको...

राष्ट्रपति निर्वाचनको लागि आज मतदाताविरुद्ध उजुरी दिन सकिने
-न्युजभित्तो

काठमाडौँ, ११ फाल्गुन। राष्ट्रपति निर्वाचनको लागि आज मतदाताविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने आयोगले बताएको हो । निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली...

राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ,११ फाल्गुन। राष्ट्रपतिको उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नको लागि कांग्रेसले केन्द्रीय...

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न संसदमा माग
-न्युजभित्तो

काठमाडौँ,१० फाल्गुन। नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता...

राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल गर्न एमाले अध्यक्ष ओली पुगे बालुवाटार
-न्युजभित्तो

काठमाडौं, १० फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले...