राजनीति
काठमाडौं,१० चैत। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । सत्तारुढ १० दलीय गठबन्धनबाट सरकारमा सहभागिताको छलफल चलिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारबाट एमालेलाई हटाउने...
काठमाडौं,९चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका छन्। उनले सञ्चारमाध्यम सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताए। आज सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० ले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र...
काठमाडौं,९ चैत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालबाट हुने ‘फेक सूचना’ र गलत भाष्य निर्माणलाई रोक्न सरकारलाई आमसञ्चार माध्यमले सघाउनुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महामन्त्री थापाले सामाजिक सञ्जालहरू भाष्य निर्माण गर्ने आधार...
काठमाडौँ,८ चैत्र। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै मुलुकमा विकासको ठूलो सम्भावना रहेको र...
चितवन,८ चैत्र। प्रतिनिधिसभाको चौथो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने वा नजाने अझै अन्योलमा रहेको छ । प्रचण्ड सररकारलाई विश्वासको मत दिएको पार्टी चितवनमा वैशाख १० मा हुने उपनिर्वाचनपछि वा अघि जाने भन्ने अन्योलमा देखिएको हो । सरकारमा गएको खण्डमा...
काठमाडौँ,८ चैत्र। सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ । कोषले आज एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल...
काठमाडौँ,८ चैत्र। वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ । निर्वाचन आयोगले हिजो एक सूचना जारी गर्दै आज बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको हो । आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि...
काठमाडौँ,७ चैत्र। निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आग्रह गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको हो । आयोगले विविध कारणवश खाली भएका प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको...
काठमाडौँ,७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गरेका हुन् । प्रधानमन्त्रीले भनेका छन्,...
काठमाडौं, ७ चैत्र। महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयबाट आएको प्रतिवेदनका आधारमा महान्यायाधिबक्ता दिनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय...











