सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री प्रचण्ड र नेपालबिच भेटवार्ता


  •    न्युजभित्तो/१० चैत्र २०७९, शुक्रबार ११:५१ 
  • काठमाडौं,१० चैत। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

    सत्तारुढ १० दलीय गठबन्धनबाट सरकारमा सहभागिताको छलफल चलिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारबाट एमालेलाई हटाउने बारेमा छलफल भएको हो । केन्द्र सरकारबाट एमाले बाहिरिए पनि सुदूरपश्चिमबाहेक सबैमा एमाले सत्तारुढ अवस्थामै छ ।

    नेकपा एसले संघीय सरकारमा तीन मन्त्री र प्रदेशतर्फ एक मुख्यमन्त्रीको अडान कायमै राखेको छ । स्रोतका अनुसार नेकपा एसले गृहसहित तीन मन्त्रालय माग गरेको छ ।

    केपी ओलीले राष्ट्रपति अफर गर्दा पनि छाडेको र उपराष्ट्रपतिमा पनि दाबी नगरेको भन्दै अध्यक्ष नेपालले गठबन्धनमा तीन ठूला दल कांग्रेस, माओवादी र जसपाले क्रमशः राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति पाएकाले अब रोज्ने पालो चौथो दलको रहेको बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.