सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा


  •    न्युजभित्तो/८ चैत्र २०७९, बुधबार १६:५३ 
  • चितवन,८ चैत्र। प्रतिनिधिसभाको चौथो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने वा नजाने अझै अन्योलमा रहेको छ ।

    प्रचण्ड सररकारलाई विश्वासको मत दिएको पार्टी चितवनमा वैशाख १० मा हुने उपनिर्वाचनपछि वा अघि जाने भन्ने अन्योलमा देखिएको हो ।
    सरकारमा गएको खण्डमा तीन मन्त्रालय दिने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव छ । तर, रास्वपा अहिल्यै सरकारमा जाने कि पार्टी सभापति रवि लामिछाने वैशाख १० को उपनिर्वाचनबाट जितेर आएपछि जाने भन्ने विषय अनिर्णित छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

    बैठक चार बजे बालुवारमा बस्ने नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले बताए । उनले बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताए । गठबन्धनमा अहिले १० दल सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिने तयारी थालेको हुन् । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समेट्नेगरी प्रस्ताव अघि सारेका छन् ।

    त्यस विषयमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आन्तरिक छलफल गरिरहेका छन् । प्रधानमन्त्रीले सांसदहरूको संख्याको आधारमा भागबन्डा मिलाउनेगरी प्रस्तावअघि सारेका छन् ।

    तर, नेकपा एकीकृत समाजवादी, जसपा, जनमतलगायत पार्टीले सांसदको आधारमा आफ्नो भागमा पर्ने मन्त्रालयमा चित्त नबुझाउने संकेत गरेका छन् । स्रोतकाअनुसार प्रचण्डले १० मन्त्रालय दाबी गरेको कांग्रेसलाई ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ४ मन्त्रालय, यसअघि तीन मन्त्रालय नपाएको जसपालाई दुई, तीन मन्त्रालयको दाबी गरिरहेको नेकपा एकीकृत समाजवादीलाई पनि दुई मन्त्रालय दिएर मनाउने प्रयास गरेका छन् ।

    नेकपा एसले गृहसहित कम्तीमा ३ मन्त्रालय दाबी गरेको छ । हिजोको सचिवालय बैठकमा भने जनतासँग प्रत्यक्ष सरोकार रहेका कृषि, स्वास्थ्य, सिँचाइजस्ता कामकाजी मन्त्रालय लिएर जानुपर्ने केही नेताले मत राखेका छन् ।

    जसपाले मधेश प्रदेशको मुख्यमन्त्री र उपराष्ट्रपति पाइसकेकाले अहिले दुई मन्त्रालयमै सहमत हुने देखिएको छ । यस्तै, तीन मन्त्रालय दाबी गर्दै आइरहेको नेकपा एसलाई कोशी प्रदेशको मुख्यमन्त्री दिएर मनाउने प्रयास छ । रास्वपा सरकारमा नगएको अवस्थामा तीन मन्त्रालय जसपा, नेकपा एस, कांग्रेस वा जनमतलाई बाँड्ने कोणबाट पनि छलफल चलाइएको छ ।

    जनमतले एक मन्त्रालयमा आफूहरू चित्त बुझाउन नसक्ने यसअघि नै गठबन्धनमा जानकारी गराइसकेका छन् । उसलाई ‘पावर शेयरिङ’को आधारमा मधेश प्रदेशको मुख्यमन्त्री दिनेगरी मनाउने प्रयास भइरहेको छ ।

    यस्तै, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई १÷१ मन्त्रालयमा दिने प्रधानमन्त्रीको प्रस्ताव छ । रास्वपा पनि सरकारमा जान तयार भए एमाले, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदद्वय अमरेशकुमार सिंह र योगी मण्डल मात्रै सत्ताबाहिर हुने भएका छन् । आजको बैठकमा प्रधानमन्त्रीको प्रस्ताव र दलहरुको दाबीबारे छलफल हुने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.