राजनीति

रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
-न्युजभित्तो

काठमाडौँ,२१ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ । रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेङ्गु रोग फैलन नदिन यसवर्ष वर्षायाम सुरु हुनुअघि...

देशको भू-भाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने एमालेको अडान
-न्युजभित्तो

काठमाडौँ,२१ जेठ। प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले...

एमाले नेताको कार्यविभाजनः उपाध्यक्षलाई विभाग, सचिवलाई प्रदेश र संगठनको जिम्मा काशीनाथलाई
-न्युजभित्तो

काठमाडौँ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्नेगरी जिम्मेवारी दिएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यविभाजनमा जिम्मेवारी...

सभापति देउवाका कारण कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको छः गगन थापा
-न्युजभित्तो

काठमाडौं,१९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत गुट सकिएको बताएका छन् । प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट मात्रै रहेको बताएका हुन् । उनले भने, ‘कांग्रेस बदल्ने र...

राष्ट्रपतिको कदम र भारतको मिचाहा प्रबृत्ति विरुद्ध युवा संघ चितवन आन्दोलित
-न्युजभित्तो

चितवन, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको कदम र भारतले अखण्ड भारतका नाममा नेपाली भूमि समेटेर संसद भवनमा नक्सा बनाएको विरोधमा युवा संघ चितवन आन्दोलनमा उत्रिएको छ । संघले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विरोध जनाएको हो । संघका...

शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहित तीन प्रतिवादीको बयान सुरु
-न्युजभित्तो

काठमाडौं,१८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान सुरु भएको हो । टोपबहादुर पूर्व उपप्रधानमन्त्री...

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै
-न्युजभित्तो

काठमाडौं,१८ जेठ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै छ । बिहान ११ः०५ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुनेछ । त्यसअघि प्रचण्डले आज राजघाटस्थिल महात्मा...

आफूमाथिको ट्रोलप्रति ओलीले भने– हातभरि सुनैसुन लगाइदिएछन्, त्यति सुन म बोक्न पनि सक्दिनँ होला
-न्युजभित्तो

काठमाण्डौं,१७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले औंठी पनि नलगाउनेलाई सुनैसुन लगाएको ट्रोल बनाएर अफवाह फैलाएको बताएका छन्। कलाकारहरूलाई पार्टी प्रवेश गराउँदै उनले बदनियतपूर्वक ट्रोल बनाएर झूट फैलाएको बताएका हुन्। ‘एउटा मानिसले हाकाहाकी झूट बोल्ने कुकर्म कस्तो गर्छ...

प्रधानमन्त्री भारत जाने दिनै राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण
-न्युजभित्तो

काठमाडौँ, १७ जेष्ठ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले आज बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका...

राष्ट्रपति पौडेलले आजदेखि नागरिकता विधेयक प्रमाणीकरण गर्दै
-न्युजभित्तो

काठमाण्डौं,१७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेका छन्। राष्ट्रपति पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवरका अनुसार मन्त्रिपरिषदबाट नागरिकता विधेयक प्रमाणीकरणका लागि आग्रह भई आएकोले राष्ट्रपतिले आजै प्रमाणीकरण गर्ने तयारी गरेका हुन्। अघिल्लो संसदले दुई पटकसम्म पारित...