सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आफूमाथिको ट्रोलप्रति ओलीले भने– हातभरि सुनैसुन लगाइदिएछन्, त्यति सुन म बोक्न पनि सक्दिनँ होला


  •    न्युजभित्तो/१७ जेष्ठ २०८०, बुधबार १६:५१ 
  • काठमाण्डौं,१७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले औंठी पनि नलगाउनेलाई सुनैसुन लगाएको ट्रोल बनाएर अफवाह फैलाएको बताएका छन्। कलाकारहरूलाई पार्टी प्रवेश गराउँदै उनले बदनियतपूर्वक ट्रोल बनाएर झूट फैलाएको बताएका हुन्।

    ‘एउटा मानिसले हाकाहाकी झूट बोल्ने कुकर्म कस्तो गर्छ होलारु केपी ओलीको फोटोमा हातभरि सुनैसुन लगाएको, यता पनि सुनैसुनका, बोकिनसक्नु सुनैसुन, त्यति सुन म बोक्न पनि सक्दिनँ होला’ उनले भने।

    उनले भने, ‘अहिलेसम्म औंठीसमेत लगाएको छैन, बोक्न नसक्नेगरी सुन लगाएर यति साह्रो झूट फैलाए ।’

    पशुपतिमा सुनको भनेर पित्तलको जलहरी हालिएको भनेर माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका थिए। एमालेले विरोध गर्दै संसद बैठक नै अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै प्रष्टीकरण दिनुपरेको थियो। र, संसद्को रेकर्डबाटसमेत हटाइएको थियो।

    जलहरी प्रकरणले सदन तातेपछि सामाजिक सञ्जालमा ओलीको तस्बिरमा सुनैसुन लगाएर ट्रोल बनाइएको थियो।

    ओलीले त्यसैको जवाफ फर्काएका हुन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.