सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभापति देउवाका कारण कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको छः गगन थापा


  •    न्युजभित्तो/१९ जेष्ठ २०८०, शुक्रबार १६:१५ 
  • काठमाडौं,१९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत गुट सकिएको बताएका छन् । प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट मात्रै रहेको बताएका हुन् ।

    उनले भने, ‘कांग्रेस बदल्ने र कांग्रेस सुधार गर्न नचाहने गुट छ । परिवर्तन नचाहनेलाई कमजोर बनाउँदै जाऔं ।’ सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब नसहने थापाले चेतावी पनि दिए । सभापतिका कारणले कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको थापाको जिकिर छ ।

    उनले भने, ‘टुल टुल हेरेर बसिन्न् । कांग्रेस बदलिन्छ । संघर्ष गर्ने हो ।’ निर्णय गर्ने पूर्ण अधिकार सभापतिलाई विधानले दिएकाले पनि समस्या भएको उनको तर्क छ ।

    कांग्रेस सम्मिलित सरकारले एक पछि अर्को गलत क्रियाकलाप गरिरहेको थापाले बताए । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, प्रदेशमा मन्त्रालय टुक्राउनु, सांसद विकास कोषको व्युँताउने कार्य गलत भएको थापाले सुनाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.