राष्ट्रपति पौडेलले आजदेखि नागरिकता विधेयक प्रमाणीकरण गर्दै
न्युजभित्तो/१७ जेष्ठ २०८०, बुधबार ११:३६
काठमाण्डौं,१७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेका छन्। राष्ट्रपति पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवरका अनुसार मन्त्रिपरिषदबाट नागरिकता विधेयक प्रमाणीकरणका लागि आग्रह भई आएकोले राष्ट्रपतिले आजै प्रमाणीकरण गर्ने तयारी गरेका हुन्।
अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो।
अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।