सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपतिको कदम र भारतको मिचाहा प्रबृत्ति विरुद्ध युवा संघ चितवन आन्दोलित


  •    न्युजभित्तो/१८ जेष्ठ २०८०, बिहीबार १७:११ 
  • चितवन, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको कदम र भारतले अखण्ड भारतका नाममा नेपाली भूमि समेटेर संसद भवनमा नक्सा बनाएको विरोधमा युवा संघ चितवन आन्दोलनमा उत्रिएको छ । संघले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विरोध जनाएको हो ।

    संघका चितवन संयोजक शंकर अधिकारी नेतृत्वको टोलीले आज प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा “राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको नागरिकता विधेयक फिर्ता लिन र भारत सरकारले अखण्ड भारतका नाममा समावेश गरेको हाम्रो भूमीलाई सच्याउन पहल गर्नका लागी हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।”

    अन्यथासरकारले दिनप्रतिदिन यसरीनै राष्ट्रहित र संविधान विरोधी क्रियाकलाप गर्दै लोकतन्त्रकै उपहास गर्ने कार्य गर्दै गए राष्ट्र र राष्ट्रियता बचाउन ज्यानको बाजी थापेर चरणवद्ध आन्दोलनको आँधिवेहरी सिर्जना गर्न राष्ट्रिय युवा संघ नेपाल बाध्य हुने चेतावनी संघले दिएको छ ।

    यसैबीच संघले जेठ १९ गते बेलुका ७ बजे भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन गर्ने भएको छ । अखण्ड भारतको नक्साका विषयमा सरकारको निरिह तथा लाचारीपन, नागरिकता विधेयक लगायत गठबन्धन सरकारको राष्ट्रघाती कदम विरुद्ध विरोध प्रदर्शन गर्न लागिएको संघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.