देशको भू-भाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने एमालेको अडान
न्युजभित्तो/२१ जेष्ठ २०८०, आईतवार १२:५५
काठमाडौँ,२१ जेठ। प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको हो ।
आजको बैठक सुरू हुनासाथ एमालेका सांसदहरू उठेर विरोध जनाए । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रमुख सचेतक पदम गिरीले अडान राखेका छन् ।