अन्तर्राष्ट्रिय

चीनमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, एक जना अझै बेपत्ता
-न्युजभित्तो

बेइजिङ, २२ वैशाख । दक्षिण पश्चिम चीनमा डुङ्गा पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अरू ७० जनालाई अस्पतालमा भर्ना गरेर राखिएको बताइएको छ । तीव्र हुरीका कारण गुइझाउको छिन्सी सहरमा आइतबार पर्यटकहरू सवार डुङ्गा पल्टिँदा ८४ जना नदीमा...

दिल्लीमा वर्षा र चट्याङ: ११ जनाको मृत्यु, ३ उडान रद्द
-न्युजभित्तो

भारत, १९ वैशाख । देशभरको मौसममा परिवर्तन आएको छ। दिल्ली-एनसीआर, उत्तर प्रदेश र छत्तीसगढमा बिहीबार राति आँधीबेहरी, वर्षा र चट्याङका घटनामा ११ जनाको मृत्यु भएको छ। दिल्ली र उत्तर प्रदेशमा ४-४ जना र छत्तीसगढमा २ जनाको मृत्यु भएको छ। दिल्ली(एनसीआरमा...

मोदीले गरे एसीसहितको जयनगर–पटना र्‍यापिड रेलको उद्घाटन, नेपाली यात्रुसमेत लाभान्वित हुने
-न्युजभित्तो

काठमाडौं, १२ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर-पटनाबीचको नमो भारत र्‍यापिड रेलको उद्घाटन गरेका छन् । बिहीबार मधुबनी शहरमा एक र्‍यालीलाई सम्बोधन गर्न पुगेका मोदीले हरियो झण्डा देखाएर नमो भारत र्‍यापिड रेलको उद्घाटन गरेका हुन् । ​ नमो भारत...

चीनमा मानिस र रोबोटबीच म्याराथन दौड प्रतियोगिता
-न्युजभित्तो

काठमाडौँ, ७ वैशाख । चीनको राजधानी बेइजिङमा शनिबार मानिस र रोबोटबीच हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गरियो । सीएनएनका अनुसार रोबोटिक्स र प्रविधिको क्षेत्रमा चीनको प्रगति देखाउने उद्देश्यले मानिस र रोबोटबीचको म्याराथन दौड शनिबार बेइजिङको दक्षिण–पूर्वी यिझुआङ जिल्लामा आयोजना गरिएको...

दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना
-न्युजभित्तो

दक्षिण कोरिया, २५ चैत । दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रमा जङ्गलको आगो निभाउन गएको हेलिकप्टर दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । थेगु शहरको पहाडमा लागेको आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटना भएको स्थानीय अग्नि नियन्त्रक कार्यालयले जनाएको छ । त्यस क्षेत्रको...

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता
-न्युजभित्तो

बैङकक, २० चैत । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास...

म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प
-न्युजभित्तो

काठमाडौं, २० चैत । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । पाकिस्तानमा आएको भूकम्पको केन्द्र जमिनको १२० किलोमिटर...

इजरायली सेनाले १५ प्यालेस्टिनी डाक्टरको हत्या गर्‍यो : यूएन
-न्युजभित्तो

रफाह, १९ चैत । इजरायली सेनाले दक्षिणी गाजामा १५ प्यालेस्टिनी डाक्टरहरूको हत्या गरेको आरोप संयुक्त राष्ट्रसंघ (यूएन)ले लगाएको छ । सबै डाक्टरहरूलाई मारेर सामूहिक चिहानमा गाडिएको दाबी यूएनको छ । उनीहरूको शवलाई क्षतिग्रस्त एम्बुलेन्सहरू भेटिएको ठाउँमा गाडिएको बताइएको छ ।...

पाकिस्तानमा इस्लाम धर्म अपनाउन अस्वीकार गर्दा हिन्दुको हत्या
-न्युजभित्तो

पाकिस्तान, १८ चैत । पाकिस्तानको पेशावर सहरमा गोली हानेर एक हिन्दु नागरिकको हत्या गरिएको छ। धर्म परिवर्तन गर्न नमान्दा नदिम अमिन नामका हिन्दु व्यक्तिको हत्या गरिएको बताइएको छ। यो घटना पेशावरको पोस्टल कोलोनी क्षेत्रमा भएको हो। शनिबार काम सकेर घर...

म्यान्मा र थाइल्यान्डमा शक्तिशाली भूकम्प
-न्युजभित्तो

न्यापिडो, १५ चैत । शुक्रबार मध्य म्यान्मामा आएको शक्तिशाली भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको, भवनहरूलाई क्षति पुर्‍याएको र छिमेकी थाइल्यान्डका मानिसहरूलाई सडकमा भाग्न बाध्य पारेको छ । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय...