सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीनमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, एक जना अझै बेपत्ता


  •    न्युजभित्तो/२२ बैशाख २०८२, सोमबार ११:५६ 
  • बेइजिङ, २२ वैशाख । दक्षिण पश्चिम चीनमा डुङ्गा पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अरू ७० जनालाई अस्पतालमा भर्ना गरेर राखिएको बताइएको छ ।

    तीव्र हुरीका कारण गुइझाउको छिन्सी सहरमा आइतबार पर्यटकहरू सवार डुङ्गा पल्टिँदा ८४ जना नदीमा खसेको भन्दै सरकारी सञ्चारमाध्यमले समाचार छापेको छ । यस क्रममा एक दर्जनभन्दा धेरै मानिसहरू बेपत्ता भएका भएका थिए । तर एक जना बाहेक सबैको उद्धार गरियो ।

    ती एक व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ । श्रम दिवसको एक हप्ता लामो बिदाको अन्त्यतिर यो घटना भएको हो ।

    राष्ट्रपति सी जिनपिङले बेपत्ता व्यक्तिको तत्कालै खोजी र उद्धार गर्न आदेश दिएका छन् । हालैका महिनाहरूमा देशका अन्य स्थानमा पनि यस्तै खालको घटनाहरू भएको भन्दै सीले सुरक्षा उपाय बलियो बनाउनुपर्नेमा जोड दिएको बताइएको छ ।

    दुई महिना अघिमात्रै चीनको हुनान प्रान्तमा औद्योगिक जहाजसँग ठोक्किएर यात्रुवाहक डुङ्गा डुब्दा ११ जनाको मृत्यु भएको थियो । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.