सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाकिस्तानमा इस्लाम धर्म अपनाउन अस्वीकार गर्दा हिन्दुको हत्या


  •    न्युजभित्तो/१७ चैत्र २०८१, सोमबार ११:२९ 
  • पाकिस्तान, १८ चैत । पाकिस्तानको पेशावर सहरमा गोली हानेर एक हिन्दु नागरिकको हत्या गरिएको छ।

    धर्म परिवर्तन गर्न नमान्दा नदिम अमिन नामका हिन्दु व्यक्तिको हत्या गरिएको बताइएको छ। यो घटना पेशावरको पोस्टल कोलोनी क्षेत्रमा भएको हो। शनिबार काम सकेर घर फर्किरहेका बेला नदिमलाई गोली हानिएको थियो। ५६ वर्षीय नदिम सरकारी संस्थामा सफाइ कर्मचारी थिए। गोली हानेपछि भागेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

    नदिमका भाइ सागर अमिनले आफ्नो एफआईआर (जाहेरी) मा उनका दाइ कोलोनीमा हुँदा मुश्ताक नामका व्यक्तिले गोली हानेका हुन्। सुरुमा गोली लागेर गम्भीर घाइते भएका नदिमको पछि मृत्यु भयो।

    एफआईआर अनुसार, पक्राउ परेका व्यक्तिले दुई९तीन महिनादेखि नदिमलाई इस्लाम धर्म अपनाउन कर गरिरहेका थिए। तर नदिमले अस्वीकार गरेकाले उनको टाउकोमा गोली हानिएको हो।

    भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातले बीबीसी उर्दूलाई बताएअनुसार हत्यापछि अभियुक्त तुरुन्तै भागेका थिए। यसपछि डीएसपी सिटी याख तुत सर्कलको नेतृत्वमा गठन गरिएको प्रहरीको विशेष टोलीले २४ घण्टाभित्र मुश्ताकलाई चारसद्दाबाट पक्राउ गरेको हो।

    प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले नदिम अमिनको हत्या गरेको स्वीकार गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.