अन्तर्राष्ट्रिय
टोकियो, ९ जेठ । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो बर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।ताजा खानाबाहेक उपभोक्ता मूल्य मापन, अघिल्लो महिना ३.२ प्रतिशत अर्थात्...
गाजा सिटी, ४ जेठ । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको बताएको छ । नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले...
काठमाडौं, २ जेठ । इजरायलले मार्च १८ पछि गाजामा फेरि युद्ध सुरु गरेयता बिहीबार (मे १५)मा गाजाका प्यलेस्टिनीहरूको लागि सबैभन्दा भयावह दिन बनेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार बिहीबार बिहानदेखि मध्येरात सम्ममा इजरायलको आक्रमणमा परेर एकै दिन १२७ प्यलेस्टिनीको...
काठमाडौं, १ जेठ । अमेरिकाबाट आयात हुने सबै वस्तुको भन्सार शुल्क शून्यमा झार्न भारतले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । कतार भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले भारत सरकारले सबै अमेरिकी आयातमा भन्सार शुल्क शून्यमा झार्ने प्रस्ताव गरेको...
वासिंगटन डिसी, ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा जाने भएका छन् । दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन अप्रिल २६ मा...
वासिङ्टन, २८ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन्। आइतबार ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा भने, ‘म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु। उनीहरूले...
नयाँ दिल्ली, २५ वैशाख । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ । टोली घटनास्थलमा पुग्ने...
काठमाडौं, २४ वैशाख । टर्कीको विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतले गएराति गरेको हवाई आक्रमणको निन्दा गरेको छ । भारतले सर्वसाधारण र नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी टर्कीले गरेको छ । टर्कीको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भारतको यस्तो...
गाजा, २४ वैशाख । सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण शुरू भएयता गाजा पट्टीमा १६ हजारभन्दा धेरै बालबालिकाको ज्यान गएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार हरेक ४० मिनेटमा एक जना बच्चाको ज्यान गइरहेको छ...
बेइजिङ, २२ वैशाख । दक्षिण पश्चिम चीनमा डुङ्गा पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अरू ७० जनालाई अस्पतालमा भर्ना गरेर राखिएको बताइएको छ । तीव्र हुरीका कारण गुइझाउको छिन्सी सहरमा आइतबार पर्यटकहरू सवार डुङ्गा पल्टिँदा ८४ जना नदीमा...













