सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प


  •    न्युजभित्तो/१९ चैत्र २०८१, बुधबार ११:२० 
  • काठमाडौं, २० चैत । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

    पाकिस्तानमा आएको भूकम्पको केन्द्र जमिनको १२० किलोमिटर गहिराइमा रहेको थियो। अफगानिस्तानमा आएको भूकम्पको केन्द्र भने जमिनको १९३ किलोमिटर गहिराइमा रहेको थियो।

    थाईल्यान्ड र म्यानमारमा गत शुक्रबार शक्तिशाली भूकम्प गएको थियो । ती देशहरूमा भूकम्पले ठूलो क्षति पुर्‍याएको थियो।

    भूकम्प प्रभावित थाईल्यान्ड र म्यानमारमा अहिले पनि उद्दार अभियान जारी रहेको छ।

    २०५६ जनाको मृत्यु, ३९०० घाइते

    समाचार संस्था एएफपीका अनुसार म्यानमार भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।

    चार दिन बितिसक्दा पनि उद्धार टोलीहरू राहत सामग्री वितरण गर्न सङ्घर्ष गरिरहेका छन् । सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै प्रभावित क्षेत्रहरूमा अझै सम्पर्क स्थापित हुन सकेको छैन ।

    यद्यपि, संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता संयोजक मार्कोलुइजी कोर्सीले भने, ‘हामीले हालसम्म कुनै सहायता अवरोधको अनुभव गरेका छैनौं । वितरण कार्य जारी छ ।’

    म्यान्मारमा भइरहेको गृहयुद्धका कारण उद्धार तथा राहत कार्य थप जटिल बनेको छ । सैनिक प्रशासनले सहायता वितरणमा अवरोध पुर्‍याएको भन्ने आरोपहरू आए पनि संयुक्त राष्ट्रसङ्घले हालसम्म कुनै ठोस प्रमाण नदेखिएको जनाएको छ ।

    ‘विनाश ठूलो छ, आवश्यकताहरू तीव्र गतिमा बढिरहेका छन्,’ संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेप) का उपप्रतिनिधि जुलिया रिसले भने । ‘स्वच्छ पानी, खाद्य सामग्री र औषधिको चरम अभाव छ । राहत नपुगे धेरैको जीवन सङ्कटमा पर्नेछ,’ उनले भने ।

    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) का प्रवक्ता बाबर बलोचले उद्धार टोलीहरूले सबैभन्दा जोखिममा रहेका समुदाय पहिचान गरिरहेको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा रहेका विस्फोटक पदार्थहरूको खतरा पनि रहेको बताए ।

    गर्मीले उद्धार प्रभावित

    यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस संस्था (आइआरएफसी)ले तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेका कारण उद्धार कार्य झन् कठिन बनेको उल्लेख गरेको छ । आइआरएफसीले झन्डै एक लाख प्रभावित व्यक्तिलाई सहयोग गर्न १०० मिलियन स्विस फ्र्याङ्क ९११३ मिलियन डलर०सहयोग सङ्कलन अभियान थालेको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार, भूकम्पअघि नै म्यान्मारमा २० लाख मानिसलाई मानवीय सहायता आवश्यक थियो, जसमा ६।५ लाखभन्दा बढी बालबालिका थिए । अहिले यो सङ्ख्या पाँच लाखभन्दा बढीले बढ्न सक्ने अनुमान गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले भूकम्पको बेलामा पनि जारी रहेको सैन्य आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदक टम एन्ड्रयूजले म्यानमारका सैनिकलाई आक्रमण तुरुन्त रोक्न आग्रह गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता कार्यक्रमका लागि यस वर्ष १.१ अर्ब डलरको अनुरोध गरेको थियो, तर हालसम्म जम्मा पाँच प्रतिशत मात्र प्राप्त भएको छ । राहत सङ्कलन अभावका कारण उद्धार कार्य सुस्त भइरहेको अधिकारीहरूले बताएका छन् । फाइल तस्बिर

    एजेन्सीहरूको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.